बाल्टिमोरमा बस्दै आएका गायक सञ्जिप प्रधानले ल्याए ‘स्टिम इञ्जिन’ बोलको गीत

इनेप्लिज २०८१ असार ५ गते २२:२३ मा प्रकाशित

लामो समय देखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका गायक सञ्जिप प्रधानले हालसालै ‘स्टिम इञ्जिन’ बोलको गीत ल्याएका छन् । यो गीतमा संगीत ,शब्द तथा स्वर सञ्जिप प्रधानको रहेको छ ।

गायक प्रधानले ‘स्टिम इञ्जिन’ बोल गीतको भिडियो(श्रब्यदृश्य) सार्वजनिक गरेका छन् । गायक प्रधान आफै र मोडल(प्रतिरुप) करिश्मा श्रेष्ठले मोडलिङ गरेको सार्वजनिक भिडियो( श्रब्यदृश्य)को गीतमा कबवेभ व्याण्ड(सङ्गीत मण्डल)का दिपेश मुल्मीको एरेञ्ज (संयोजन)रहेको छ ।

देउरालीको चौतारीमा, नशाभित्र नशासरी,भोलि फेरि सल्लाघारीमा जस्ता लोकप्रिय गीतबाट चर्चामा रहेका प्रधान लामो समयपछि दर्शक माझ फर्केका छन् ।

यो गीतको छायांकन काभ्रेको पनौतीका रमणीय स्थानमा गरिएको हो । श्रब्यदृश्य ( भिडियो)यात्रामा रहेका एक यात्रीले कल्पना गरिरहेकी सुन्दर युवतीलाई वास्तविक जीवनमा भेटेको दृश्यलाई निर्देशक सुव्रत आचार्यले कलात्मक रुपमा देखाएका छन् ।

निर्देशक आचार्यले प्रधानको यस श्रब्यदृश्यलाई गीत अनुसार पप शैलीमा आधारित भई निर्माण गरिएको बताएका छन् । जया शर्मा क्रियटिभ निर्देशक रहेको सार्वजनिक श्रब्यदृश्य (भिडियो)को छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

प्रतिक्रिया