राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा बैठकको रोष्ट्रममा पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यात्नु भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि मन्त्रालयगत छलफल जारी रहँदा उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा परेपछि रिस उठेको र च्यात्न मन लागेको भन्दै रोस्ट्रममै च्यात्नु भएको हो।
सांसद लिङ्देनले मन्त्रालयको बजेट पुस्तिका च्यातेर हुर्याउन मन भए पनि संसदीय मर्यादाले नदिने भन्दै च्यातेर रोष्ट्रममै राख्नुभएको थियो। । ‘…जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ । (पुस्तक दुई टुक्रा पार्दै) तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने हो, त्यहाँ नहुर्याएर यहाँ राख्छु’, लिङ्देनले आक्रोश पोख्नु भएको हो।
त्यस्तै उहाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेट बनाउँदा विधि भत्काएको र सामान्य लाजघिन समेत नराखेर राज्य स्रोतमाथि मनपरि गरेको टिप्पणी गर्नुभएको छ।
प्रतिक्रिया