अमेरिकाको कोलोराडो राज्यको डेनभरको मध्य शहरको बीच चोकमा लामो चक्कु बोक्ने महिलालाई प्रहरीले गोली चलाउदा मृत्यु भएको छ ।
प्रहरीका अनुसार अधिकारीहरूले आइतबार डेनभरको डाउनटाउन( मुख्य बजार) को एक चोकमा ठूलो शिकार शैलीको चक्कु बोकेकी एक महिलालाई गोली चलाउदा उनको ज्यान गरेको छ ।
प्रहरी अधिकारीहरुले महिलामाथि दुई पटक टेजर(अस्थायी रूपमा मांसपेशी कार्यहरूमा बाधा पुर्याउने बिधुतिय गोली ) प्रयोग गरे तर उनी उनीहरूतर्फ अघि बढ्न थाले पछि बन्दुक चलाईएको डेनभरका प्रहरी प्रमुख रोन थोमसले घटनास्थल नजिकैको पत्रकार सम्मेलनमा भने।
तीन अधिकारीले उनलाई गोली हाने, उनले भने। गोलीकाण्डको छानबिन गरी नतिज अभियोजनकर्तालाई पठाइने प्रमुखले भने । प्रहरी अधिकारीहरूले महत्त्वपूर्ण खतरा महसुस गरे र त्यो धम्कीलाई जवाफ दिए,” थोमसले भने।
महिलाको उमेर र नाम तत्काल थाहा हुन नसकेको एबिसीन्यूजले जनाएको छ । गोलाबारी दिउँसो कर्स फिल्ड नजिकैको क्षेत्रमा भएको थियो।
प्रतिक्रिया