अमेरिकाको टेक्सस राज्यका फोर्ट वर्थ शहरका एक व्यक्तिलाई संघीय जासुसलाई धम्की दिएको आरोपमा पक्राउ गरिएको छ ।
उनले संघीय एजेन्ट(जासुस)लाई बन्दुकहरू लिएर आउने भने पछि प्रहरीले उक्त व्यक्तिको व्यापक खोज गरे पछि उनलाई पक्रन सफल भएको एबिसीन्यूजले जनाएको छ ।
एफबीआईले फोर्ट वर्थका एक व्यक्तिलाई उनको घुम्ती यन्त्र संख्या (सेलफोन नम्बर) पत्ता लगाएको बताएको छ।
गत बिहीबार न्याय विभागले उपलब्ध गराएको जानकारी अनुसार एफबीआई गुप्तचरलाई धम्की दिएको आरोप लगाइएको छ। फोर्ट वर्थका ४३ वर्षीय टिमोथी मुलरले एफबीआई विशेष गुप्तचर दूरवार्तागरेको र धम्कीपूर्ण ध्वनि सन्देश (भ्वाइसमेल )छोडेको आरोप लगाइएको छ।
उक्त व्यक्तिलाई बिहीबार अन्तरराज्यीय सञ्चार धम्की र प्रभाव पार्ने ,बाधा पुर्याएको तथा संघीय अधिकारी विरुद्ध बदला लिने अभियोग लगाइएको छ ।
एफबीआईले फोर्ट वर्थका मुलरले गरेको पत्ता लगाएका थिए । मुलरलाई बिहीबार बिहान उनको घर बाहिर पक्राउ गरिएको छ । अर्को हप्ता सुनुवाईको लागि हिरासतमा राखिएको थियो।
प्रतिक्रिया