उत्तरी क्षेत्रमा इजरायली कारबाहीका कारण रोकिएको गाजामा अमेरिकी सेनाले आइतवारदेखि हवाई सहायता पठाउन थालेको छ।
एक अमेरिकी भारपोत (कार्गो) विमानले १० मेट्रिक टन भन्दा बढी खाना खसालेको र उत्तरी गाजामा जीवन बचाउने मानवीय सहायता प्रदान गरि रहेको युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले एक विज्ञप्तिमा जनाएको छ ।
अहिलेसम्म अमेरिकाले १,०५० मेट्रिक टन भन्दा बढी मानवीय सहायता पठाएको छ । दिगो प्रयासको यो एक हिस्सा हो, र ,हामी हवाई सहायता योजना जारी राख्छौं , विज्ञप्तिमा भनिएको छ ।
भारी समुन्द्रमा क्षति पुगेपछि अमेरिकाले निर्माण गरेको पियर (पानीको वेग रोक्ने पर्खाल )मर्मत गरिसकेपछि गाजामा सामुद्रिक सहायता पुर्याउन सुरु भएको एक दिनपछि आइतवारको हवाइ सहायता प्रारम्भ भएको हो ।
प्रतिक्रिया