गिरिबन्धुको फाइल छिट्टै खोल्ने तयारीमा छौं मनिषा झा

बेद प्रसाद घिमिरे २०८१ जेठ २० गते १२:१५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताउनुभएको छ। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टिकापुर,बाँसबारी जग्गा प्रकरणको छानविन गरेको भन्दै भुटानी शरणार्थी प्रकरणको पुनः छानविन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताउनुभयो।

झा ले सहकारी प्रकरणमा आफूहरुले ससर्त छानविन समिति बनाउन तयार रहेको जनाएको र त्यहि आधारमा अहिले संसदीय छानविन समिति बनेको धारणा राख्नुभयो आफूहरु प्रसस्तै विकल्प छाडेर देशका लागि केहि गर्न राजनीतिमा होमिएको उहाँको भनाइ छ।

सांसद झाले संसदमा बोल्ने क्रममा केहि नेताहरुले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गर्नुभयो। लामो समय संसद अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै झाले संसद खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताउनुभयो।

प्रतिक्रिया