मानव सभ्यता रुपान्तरण भई ढुङ्गे युगबाट अहिलेको विज्ञान र प्रविधियुक्त विकासको उत्कर्षमा पुगेको छ। ईतिहासको बिभिन्न कालखण्डमा मानव बौद्धिकताको सुझबुझपूर्ण उपयोगले समाजलाई सही मार्ग निर्देश गर्दै आइरहेको छ। अहिले पनि अति विकसित मुलुकमा बिज्ञ समुह, Core Team वा Think Tank जस्ता नाममा वौद्धिकताको भरपुर उपयोग गरीरहेको पाइन्छ।
जब झुट बोल्छ तब सत्य चुप लाग्छ। समाजमा व्याप्त विभिन्न प्रकारका असहिष्णुताको विरुद्ध आम मानिसमा प्रष्ट्याउदै उन्मुक्तिको बाटो डोर्याउने बौद्धिकता नै अहिले दासताको सिकार भएको छ।
ठिकलाई ठिक र बेठिकलाई बेठिक ठम्याउने वर्ग नै अहिले यथार्थ व्यक्त गर्न सक्दैनन्। आठपासे भ्रष्ट नेताको एक सच्चा, ईमान्दार, अन्धभक्त झोले कार्यकर्ताको रुपमा रहेका छन्। यहि चरणमा मानिसले विवेक गुमाउछ। रातलाई रात र दिनलाई दिन भन्न नसक्ने हुन्छ। कुतर्क प्रस्तुत गर्न सुरु गर्छन्। आफु दिग्भ्रमित भएको थाहा हुँदा हुँदै पनि व्यक्त गर्न सक्दैनन्।
तथ्य ज्ञात हुँदा समेत झुट व्यक्त गर्नु नै बौद्धिक दासताको तहमा पुग्नु हो। विज्ञता निषेध हुन्छ। निषेध गरिन्छ। Brain wash गरिएको छ। यो एक प्रकारको क्यान्सर नै हो।भित्र भित्रै हिनताबोधले ग्रसित भै असन्तुलित कुविचार व्यक्त हुन्छन्।
यो दासत्वबाट स्वतन्त्र हुन सामाजिक न्याय सहितको सामुदायिक चेतना जागृत भै रहनु पर्दछ। बौद्धिक उत्पादनहरुमा एक प्रकारको संकट सृजना भएको छ। बैज्ञानिकले बिज्ञान,लेखकले पुस्तक, कलाकारले कला त नेताले नेतृत्व छोडेका छन्।
ज्ञानेन्द्रियहरुले समेत क्षणिक गलत जानकारी दिएता पनि अन्तस्करणले त्यो छुट्याईरहेको हुन्छ। हत्केलाले सुर्यलाई छेक्न नसके जसरी। यस प्रकारको दासताबाट मुक्त हुन सकेनै भने हाम्रो वास्तविक शत्रु हामी आफै बन्नेछौं र आफ्नै विनास देख्नेछौं।
प्रतिक्रिया