संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय समितिबाट पारित

बेद प्रसाद घिमिरे २०८१ जेठ १७ गते ९:३७ मा प्रकाशित

संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ । बिहीबार सिंहरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको हो ।

समिति सभापति रामहरि खतिवडाले विधेयक पारित भएको घोषणा गर्दै सबैको सकारात्मक छलफलका कारण विधेयक पारित भएको बताउनुभएको छ। छलफल र बहसबाट सहमति कायम गरि अघि बढ्ने परम्परालाई निरन्तरता दिँदै अन्य विधेयकहरू पनि सहज रुपमा पारित हुने खतिवडाले बताउनुभयो।

बैठकमा सञ्चारमन्त्री रेखा शर्माले विधेयकमाथिको पक्ष र विपक्षमा भएको छलफलबाट निष्कर्षमा पुग्न सक्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो शर्माले विधेयकमा संवैधानिक परिषद्का अध्यक्षसहित तत्काल बहल रहेका सदस्यको ५० प्रतिशत उपस्थिति भए बहुमत वा गणपुरक संख्या मानिने विषय व्यवहारिक रहेको बताउनुभएको छ।

विधेयकमा कुनै सदस्य उपस्थित हुन नसके त्यसको कारण २४ घण्टा अघि नै अध्यक्षलाई जानकारी गराउनुपर्ने उल्लेख रहेको समिति सचिव सुरज कुमार दुराले जानकारी दिनुभयो त्यस्तै परिषद्को बैठकको पूर्ण जानकारी विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्ने समेत विधेयकमा उल्लेख छ।

प्रतिक्रिया