टोरोण्टोमा “गोपाल योन्जन स्मृति सांगितिक साँझ” भब्यरुपमा सम्पन्न

इनेप्लिज २०८१ जेठ ८ गते ९:४४ मा प्रकाशित

टोरोण्टो, नेपाली सांगितिक क्षेत्रका नक्षेत्र स्व. गोपाल योन्जनको सम्झनामा हालै क्यानडाको टोरोण्टो शहरमा “गोपाल योन्जन स्मृति सांगितिक साँझ” भब्यरुपमा सम्पन्न भएको छ। नेपाली लोक संगीतको प्रबर्द्दनको लागि स्थापित स्थानिय सांगितिक समूह “हिमालयन भाइब्स”को संयोजन र स्थानिय कलाकारहरु तथा संगित प्रेमि युबाहरुको सहयोगमा संचालन गरिएको उक्त कार्यक्रममा प्रमूख अतिथि लोक गायन तथा संगितका श्रष्टा पूर्ण नेपाली हुनु हुन्थ्यो।

कार्यक्रमको शुरुमा उदघोषक द्वय रबिन्द्र घिमिरे तथा स्विकृति घिमिरेले स्व. गोपाल योन्जनको जीबनी बारे प्रकाश पार्नु भएको थियो भने उहाँलाई कार्यक्रम ब्यबस्थापन समितिका संयोजक एबम गीतकार मोहन थापाले खादा एबम फूलको गुच्छा सहित समान गरि स्वागत गर्नु भएको थियो। सम्मान पस्चात बोल्नु हुन्दै प्रमुख अतिथि पूर्ण नेपालीले स्व. गोपाल योन्जन आफ्नो अभिबाबक जस्तै भएको र उहाँ संग धेरै पटक सहकार्य गर्ने मौका पाएको स्मरण गर्नु भयो। साथै उहाँले स्व. गोपाल योन्जन भद्र ब्यक्ति हुनुको साथै नेपाली संगितको लोक, आधुनिक एबम शाष्त्रिय क्षेत्रमा अतुलनिय योगदान गरेको बताउनु भयो। स्व. गोपाल योन्जनको सम्झनामा नेपालमै यस्तो कार्यक्रम गर्न खोजिएपनि गर्न नसकेको तर क्यानडाको टोरोण्टोमा यो कार्यक्रममा संचालन गरेकोमा आफू अतिनै हर्षित भएको उहाँले बताउनु भयो।

सांगितिक कार्यक्रमको शुरुमा स्व. गोपाल योन्जनकै शिष्य एबम सिटार बादक रंजना सैन्जु ले हिमालयन भाईब्सको सांगितिक संयोजनमा प्रसिद्द लोक गीत “च्यांङ्बा होइ च्याङ्बा” गीतको धून प्रस्तुत गर्नु भयो । तत्पश्चात स्थानिय कलाकारहरुले स्व. गोपाल योन्जनद्वारा रचित, स्वरबद्द तथा संगितबद्द कालजयी गीतहरु प्रस्तुत गरिएको थियो।

काय्र्यक्रममा बिनय निरौलाले लौ सुन म भन्छु मेरो राम कहानी, माझीदाई तारि न देउ र मखमली चोलो चाहिन्दैन गीतहरु प्रस्तुत गर्दा दर्शकहरु एकचित्त भै सुनिरहेका थिए भने युबा गायकहरु मेहराज महर्जन तथा रोहन तिमिल्सिनाले क्रमश घर त मेरो हिमाली पाखामा र मलाई माफ गरिदेउ गीत प्रस्तुत गर्दा दर्शकहरु मन्त्रमुग्ध भै श्रवण गरि रहेका देखिन्थे। त्यसपछि को युगल गीतमा उद्दब श्रेष्ठको साथमा रोशनि श्रेष्ठले मेरो जोबन लैजाउ र कान्छि हे कान्छि, उद्दब श्रेष्ठ र बिनय निरौलाको जोडीले कल कल सल सल गीत प्रस्तुत गर्दा दर्शकहरु झुम्मिएर नाच्न आएका थिए।

त्यस्तै गरि उत्तम भट्टराईले अल्झेछ क्यारे पछौरी, मधु थापाले कहिले काहिँ मनका कुरा भाखाका गीत प्रस्तुत गरेका थिए भने मखमली स्वरका धनी उद्दब श्रेष्ठले तिम्रो जस्तो मुटु र मलाई माफ गरि देउ मेरा लोभि नजर गीतले दर्शक दीर्घालाई फेरि तताएको थियो। मध्यान्तर अगाडी रोशनी श्रेष्ठ र प्रनिता प्रधान को जोडीले बनेको पहराले यो छाँति मेरो बोलको देशभक्तीपूर्ण गीत प्रस्तुत गर्दा दर्शक बर्ग भाबुक भएका थिए भने प्रनिताप्रनिता प्रधानको बनमा फुल्यो फूलै फूल गीत प्रस्तुतिको बेलामा दर्शक बर्ग प्रेक्षालय अगाडि नाच्न आएका थिए। कार्यक्रमको अन्त्य तीर गणेश न्यौपाने तथा प्रिया गुरुङको जोडीले खुट्टामा नेल परे पर्ला र छाँतिमा मेरो यो छोटो भोटो लोक गीत प्रस्तुत गर्दा दर्शक हरु कम्मर मर्काई मर्काई नाचिरहेको दृश्य अति उल्लासमय देखिन्थ्यो। अन्तमा बाद्यबादक समुहका संयोजक एबम प्रसिद्द मादल बादक सानुराजा महर्जनले छोटो मादल सोलो प्रस्तुत गर्नु भएको थियो।

सो कार्यक्रमको बाद्यबादन समूहअन्तर्गत मादल, तबला तथा ढोलकमा सानुराजा महर्जन, बांसुरि तथा सारङ्गीमा देब गुरुङ्ग, कीबोर्डमा हरि लम्साल, धिमेमा उत्तम माकजु, मादलमा युबा बादक सम्बिदा खनाल, अक्टोपायड र इफेक्ट्समा बिक्रम गुरुङ्ग, गिटारमा संजय अधिकारी, रोहित के.सी., प्रकान्त श्रेष्ठ, रितेश सुनार र हार्मोनियममा मेहराज महर्जनले सहयोग गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पूर्ण नेपालीले गायक, बाद्यबादक, स्वयंसेबक, ब्यबस्थापन समिति सदश्यहरु र कार्यक्रम प्रायोजकहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो भने ब्यबस्थापन संयोजक मोहन थापाले ब्यबस्थापन समितिको परिचय लगायत सबैलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो।

क्यानडाको नेपाली सांगितिक प्रस्तुतिको ईतिहासमा स्थानिय कलाकारहरु संयोजन गरि प्रत्यक्ष बाद्यबादन सहितको प्रस्तुति यो नै पहिलो रहेको र कार्यक्रम स्तरिय र सफल रहेको दर्शकहरुले प्रतिकृया जनाएका थिए भने भबिष्यमा पनि यस्तै कार्यक्रमको अपेक्षा रहेको बताएका थिए।

प्रतिक्रिया