दुबईमा २५६८ औं बुद्ध जयन्ती मनाउने

लालबहादुर ढेंगा, दुबई, युएई २०८१ जेठ ५ गते १६:०० मा प्रकाशित

दुबई । गौतम बुद्धको जन्म ५६३ इशा पूर्वमा इक्ष्वाकु वंशीय शाक्य कुलका राजा शुद्धोधन र महारानी मायादेवीको पुत्रको रुपमा नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा भएको थियो ।

बुद्ध जयन्ती एशियाका साथै बिश्वभरी नै भगवान बुद्धको जन्मदिनको उपलक्ष्यमा मनाउने एउटा पवित्र चाड हो । यो प्रत्येक साल बैशाख शुल्क पूर्णिमाको दिनमा भगवान बुद्धको सम्मान स्वरुप अत्यन्त भव्यसंग मनाईन्छ । बुद्ध धर्मका संस्थापक गौतम बुद्ध महाध्यानी समाज सुधारक, धर्म गुरु, दार्शनिक तथा एक भिक्षुक थिए । महात्मा बुद्धका शिक्षा र उपदेशहरुले अझै पनि यो बिश्वलाई ज्ञानले आलौंकित पारिरहेको छ । उनलाई यो संसारभरी एशियाको ज्योति भनेर चिनिन्छ ।

युएईमा पनि विगतमा जस्तै यसपालि यहि आउने २६ मे आईतबारका दिन दुबईको याक एण्ड यति क्लब एभरेष्टको हलमा २५६८ औं बुद्ध जयन्ती बिशेष पूजापाठ, प्रवचन तथा विविध सांगीतिक माहौलमा धुमधांमका साथ मनाउने भएको छ । सो कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ युएईमा आवद्ध जातीय ११ वटा संस्थाहरुको संयुक्त आयोजनामा गरिने भएको हो ।

यो पुण्य तिथिमा बुद्ध भगवानको पूजापाठ, मन्त्रजाप र प्रवचन गरिने भएकाले सो कार्यका लागि नेपालबाट बिशेष रुपमा धर्म गुरु सोनाम गर्वाङ रिन्पोछे आउने भएका छन् । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरुसंगै पूजापाठको पनि बिशेष स्थान रहने छन् ।

नेपाल आदिवासी जनजाती महासंघ युएईमा आवद्ध संस्थाहरु तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किरात याकथुङ चुम्लुङ शाखा युएई, नेवा पुच युएई, शेर्पा किदुक युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, थारु कल्याण कारिणी सभा युएई, सुनुवार सेवा समाज युएई, प्रवासी नेपाली माझी समाज युएई र माझी समाज युएई गोलवद्ध हुदै युएईमा क्रियाशिल अन्य संघ संस्थाहरुसंग पनि सहकार्य गरेको पाईन्छ । नेपाल तथा प्रवासमा नेपालीहरुलाई आई परेका समस्याहरुको समाधान गर्दै मुलुकमा शिर्जनशिल अवस्थामा चलिरहेको पहिचान र हक अधिकारको लागि पनि समन्वय गरिरहेको भेटिन्छ ।

उक्त कार्यक्रममा संस्थाको कार्यनिति, बार्षिक गतिविधिहरुलाई समेट्दै जातीय भेष भूसा र संस्कृति झल्काउने खालका प्रस्तुतिहरु प्रदर्शन गरिने महासंघका महासचिव धनकृष्ण राईले जानकारी दिनु भएको छ । हरेक संस्थाहरुबाट झाकी लगायत विभिन्न भाषामा नाचगानको बेग्लै खालका सांगीतिक स्वाद पस्कने भएका छन् । यसै समाचारलाई आधार मानेर सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ ।

प्रतिक्रिया