धनगढी, जेठ २ ।
नेपाल वीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा मंगलबार धनगढीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले धनगढीमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल वीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका कार्यालय प्रमूख हृदय पण्डित विमितहरुको हित संरक्षण गर्ने, विमा कम्पनीहरुको अनुगमन र नियमन गर्ने कार्यमा प्रदेश कार्यालय लागि परेको बताउनु भएको छ ।
कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै वीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका प्रमूख पण्डितले देशका अन्य प्रदेशहरु भन्दा सुदूरपश्चिममा विमाको आकर्षण विस्तारै बढ्दै जान थालेको बताउनु भएको छ ।
उहाँका अनुसार सुदुरपश्चिममा बयस्क भन्दा बालबालिकाको बढी वीमा गर्ने गरेको पाइएको बताउनु भएको छ ।
सुदुरपश्चिमका नौ जिल्ला मध्य बाजुरा जिल्लामा सबै भन्दा कम वीमा गर्नेहरुको संख्या रहेको समेत बताउनु भएको छ । पण्डितका अनुसार बाजुरा जिल्लामा अन्य आठ जिल्लाको तुलनामा १ं.१७ प्रतिशत मात्रै विमितहरु रहेको तथ्यांक रहेको छ ।
उहाँले पेश गरेको तथ्यांकमा सबै भन्दा बढी वीमा गर्नेहरुको संख्या कैलालीमा रहेका छन् । जस अनुसार कैलाली ५७.९२ रहेका छन् भने कञ्चनपुर जिल्ला दोस्रो अर्थात कञ्चनपुर मा विमितहरुको संख्या २३.७९प्रतिशत रहेको छ । यस्तै डडेल्लधुरामा ५.१७,अछाममा २.७६, बैतडीमा २.२९,बझाङमा २.२२,दार्चुला मा १.७८ र डोटीमा २.९० प्रतिशत रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
यसैगरी जीवन विमा दावीतर्फ कुलदावी भूक्तानी संख्या २ लाख ४० हजार नौसय अठसटट्ी, अर्थात ५.७४प्रतिशत रहेको छ भने कुलदावी भूक्तानी रकम ५२ अर्व ५४ करोड अर्थात १२.२५ प्रतिशत रहेको पनि कार्यालय प्रमूख पण्डितले जानकारी दिनु भएको छ ।
यस्तै निर्जीवन वीमा दावी कुल अन्तरगत कुल दावी भुक्तानी संख्या १ लाख ४७ हजार ५ सय १९ अर्थात १०.१७ प्रतिशत रहेको र कुल दावी भुक्तानी रकम १९ अर्व ७ करोड प्रतिशत अर्थात २३.५२ प्रतिशत रहेको पनि जनाइएको छ । देशमा व्याप्त वेरोजगारीलाई मध्यनजर गर्दै वतृमान तरल अवस्थामा विमा गर्नेहरुको संख्यामा यो आर्थिक बर्षमा विगतका बर्ष जस्तो सहज नभएको भएतापनि बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी १२ हजार ३१ जना रहेका छन् भने बीमा अभिकर्ता संख्या २ लाख ९६ हजार ४ सय ३ र वीमा सर्भेयर १ हजार २ सय चालिस जना रहेको पनि कार्यालय प्रमूख पण्डितले सो अवसरमा जानकारी दिएका छन् ।
बैदेशिक रोजगारीमा लाम लागेर युवा पलायनता बढी रहेको र जनताको उत्पादन शक्तिमा कमि आएकाले पनि नेपालमा दिनानु दिन गरिवी, बेरोजगारी लगायतका समस्याहरु बढ्दै गएको कुरा सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयका सचिव कमान सिंह खत्रीले बताउनु भयो ।
उहाँले प्रदेश सरकारले वीमा प्राधिकरण सम्बन्धी प्रदेश कानुनको ल्याउने बारेमा गृहकार्य भैरहेको समेत सो अवसरमा बताउनु भएको छ ।
वीमा कम्पनीको नियमन,अनुगमन गर्ने र उनिहरुको सेवा ्िरवद्र्धनमा नेपाल वीमा प्राधिकरणले खेलेको भूमिका महत्वपूर्ण रहेको समेत बताउनु भएको छ । सो अवसरमा नेपाल राष्ट बैंक धनगढी कार्यालयका प्रमूख सुवास आचार्य लगायत विभिन्न वमिा कम्पनीका प्रतिनीधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।नेपाल वीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश काार्यालयले बार्षिकोत्सवको अवसरमा अतिरिक्त क्रियाकलाप फुटशल, प्रदेश स्तरीय वक्तित्वकला
प्रतियोगितासमेत गर्नुका साथ साथै धनगढीमा प्रभात फेरी समेत गरेको थियो । सो कार्यक्रमको सञ्चालन नेपाल वीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश काार्यलयका सहायक निर्देशक छविलाल लामिछानेले गर्नु भएको थियो ।
प्रतिक्रिया