अध्यावधिक गरिएको : इजरायलको सेनाले इरानले प्रहार गरेको ९९ प्रतिशत हतियार रोकेको दाबी गरेको छ । इरानले कम्तिमा ३०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायली सेनाले आइतवार इरानले इजरायलमा प्रहार गरेको ३०० भन्दा बढी क्षेप्यास्त्र मध्ये ९९ % लाई रोकिएको जनाएको छ ।
इजरायल रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भने, “थोरै संख्यामा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)हरू मात्र देशको केही भूभागमा पुगेका छन्।
बाँकी प्राक्षेपिक क्षेप्यास्त्रहरू, सबै समुन्द्री क्षेप्यास्त्रहरू र सबै मानव रहित यान (ड्रोन)हरू इजरायली क्षेत्रमा पुग्नु अघि नै रोकिएको उनले बताए ।
इरानले इजरायलमा लगभग १७० वटा मानवरहित यान, ३० वटा भन्दा बढी पोतभार क्षेप्यास्त्र (क्रुज मिसाइल) र १२० भन्दा बढी प्राक्षेपिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेका थिए। तिनीहरु धेरै जसो इजरायली वायुसेना र इजरायलका साझेदारहरूले रोकेका थिए ,उनले भने ।
इजरायलमा पुगेका प्राक्षेपिक क्षेप्यास्त्रहरू दक्षिणी इजरायलको नेभाटिम सैनिक अड्डामा खसेको थियो । तिनीहरूले हल्का संरचनात्मक क्षति मात्र गरेको र आक्रमणपछि सैनिक अड्डाले काम गरिरहेको बताए ।
इजरायलमा प्रक्षेपण गरिएका केही हतियारहरू इराक र यमनबाट प्रहार गरिएका थिए । आक्रमण सुरु भए पछि अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सँग कुरा गरेका थिए ।
प्रतिक्रिया