धनगढी, चैत्र २५÷ हिन्दु धर्मको रक्षा र पशु बलि रोक्नु पर्ने माग गर्दै कैलालीको मोहन्याल गाउँपालिका वडानम्बर –३ फलेबिसौना सन्त समाजसेवी मोहन सिंह टमट्टा काठमाण्डौमा भोक आमरण अनशन बस्ने भएका छन् ।
बढ्दै गैरहेको पशुबली रोकिनु पर्ने र धर्म सनातन धर्मको रक्षा हुनु पर्ने माग गर्दै नेपाल सरकारलाई ५ बुँदे माग राख्दै अनशन बस्ने कुरा टमट्टा बताएका छन् ।
महाकाली–मेची शुद्ध आहार अभियान मुक्ति दीप नागेश्वरी शिव मन्दिरकर्ता मोहन सिंह टमट्टा पानी मात्र पिएर अनशन बस्ने भएका हुन् ।
उनले आफू नयाँ वर्ष वैशाख २०८० को शुरुवात संगै बैशाख २ गते काठमाण्डौँको संसद् भवन बाहिर पानी मात्र पिएर अनशन बस्न लागेको जानकारी दिएका छन् ।
नेपालमा शुद्ध आहार धर्मको घोषणा हुनु पर्ने, नेपालमा बली प्रथाको अन्त्य हुनु पर्ने, गौमाताको गौचरण आरक्षण हुनुपर्ने, नेपाली भूमिमा सीमा पर्खाल हुनुपर्ने र मानसिक असन्तुलन भएका मानिसहरूको व्यवस्थापन हुनुपर्ने लगायतका माग टमट्टाले नेपाल सरकारसंग राखेका छन् ।
मोहनसिंह टमट्टा यस अघि २ सय ३३ दिन सम्म खाना नखाई बसेका थिए ।
मोहन सिंह टमट्टाले सनातन धर्म संस्कृतिको संरक्षण र पशुबली रोक्नु पर्ने माग गर्दै यस अघिपनि कैलाली स्थित बर्दगारिया गाउँपालिकाको बौनियाबाट पशुपति मन्दिर सम्म ८ लाख ४० हजार पाइला हिडेर पशुपतिनाथ सम्म पुगेको समेत बताएका छन् ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया