दुबई । गएको ३१ मार्च आईतबारका दिन दुबईस्थित पिन्की रेष्टुरेण्टको हलमा चितवन समाज युएईले आफ्नो सातौं अधिवेशन विधिवत रुपमा सम्पन्न गरेको छ । सो अधिवेशन पूरानो कार्यकाल सकिएपछि आगामी २०२४–२०२६ दुई बर्षे नयां कार्यसमिति चयन गर्नका लागि गरिएको हो ।
चितवन समाज युएईका निवर्तमान कोषाध्यक्ष दीपककुमार सिवाकोटीद्धारा संचालन गरिएको अधिवेशनको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल रहनुभएको थियो भने अधिवेशनको अध्यक्षता सोही समाजका निवर्तमान तथा वर्तमान विजय अधिकारीले गर्नु भएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुको हातबाट दीप प्रज्योलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । साथै नेपाली राष्ट्रिय गान सकिए लगत्तै संस्थाको तर्फबाट शुभकामना मन्तव्य निवर्तमान वरिष्ठ उपाध्यक्ष जगत क्षेत्रीले दिनु भएको थियो ।
सन् २०१२ मा “प्रवासी चितवनवासीको चाहना, आपसी सहयोग एवं एकताको भावना” भन्ने मूल नाराका साथ चितवनवासीहरुको पहलमा स्थापना भएको समाज आज १३ बर्षको कलिलो युवा अवस्थामा पाईला चालेको पाईन्छ । स्थापनाकालदेखि नै युएईस्थित क्रियाशिल अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै विभिन्न उद्धार कार्यहरुमा योगदान पु¥याएको तथ्य धेरै देख्न सकिन्छ । प्रवासको भूमिमा पनि हरेक चाड र पर्वलाई मनाउदै एक आपसमा सहयोगको भावना जगाउनु नै ठूलो कर्म हो । यस्ता खालका गतिविधिहरुले पीडामा परेकालाई मलहम लगाउनुका साथ समाजलाई पनि उत्थान गरेको भेटिन्छ ।
चितवन समाज युएईका अग्रज व्यक्तित्व तथा निर्वाचन संयोजक रामचन्द्र बस्यालले नयां कार्यसमितिमा चयन भएका पदाधिकारीहरुको नाम समेत घोषणा गरेका थिए । जस्मा विजय अधिकारीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति बनेको छ । क्रमशः अध्यक्षमा विजय अधिकारी, उपाध्यक्षमा सलिम मिया, बिन्दु गिरी, कमला बसेल, महासचिवमा दीपकुमार सिवाकोटी, सचिवमा सम्पथकुमार न्यौपाने, सहसचिवमा सुरज रुम्बा तामाङ, कोषाध्यक्षमा शंकर पाठक, र सहकोषाध्यक्षमा शोभा कडरियालाई चयन गरेका छन् भने अन्य सदस्यहरुमा भूमिराज कंडेल, शिव सुवेदी, गोमा कंडेल, कौशिला पाण्डे, सरस्वती पाठक, बिष्णु सुवेदी, दीपा सुवेदी, लक्ष्मी खड्का र शान्ताकुमारी मल्ल रहेका छन् ।
भर्खरै मात्र गठन भएका नयां कार्यसमितिले समाजका पूराना तथा बौद्धिक व्यक्तित्वहरुलाई फेरि पनि जिम्मेवारी थपिदिएका छन् । जस्तै संरक्षकमा गणेश न्यौपाने, वरिष्ठ सल्लाहकारमा गोविन्द ढकाल रहेका छन् भने अन्य सल्लाहकारहरुमा नवराज पाण्डे, रामचन्द्र बस्याल, सुनिल पौडेल, रमेश ढकाल र जगत क्षेत्री रहेको छ ।
प्रतिक्रिया