हिमानीद्धारा क्यालिफोर्निया मुक्तिनाथ धाममा रुद्राभिषेक तथा अभिनन्दन

इनेप्लिज २०८० चैत १९ गते ९:२१ मा प्रकाशित

क्यालिफोर्निया । हिमानी ट्रष्टका अध्यक्ष हिमानी शाहले रिचमन्डमा केहि दिन अगाडी मात्र प्राणप्रतिष्ठा सम्पन्न भएको मुक्तिनाथ धाममा रुद्राभिषेक पूजा गरेकी छिन । अमेरिका भ्रमणको अबसर पारेर नेपाली कला र सस्कृति हिन्दुत्वको रक्षार्थ प्रबासी भूमिमा निर्माण भएको मुक्तिनाथ धाममा करीब दुई घण्टा भन्दा लामो समय लगाएर हिमानीले पूजा अर्चना गरिन ।

नेपालीहरुले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा उच्च सराहना गर्दै मुक्तिनाथ धाममा पूजाअर्चना गर्न पाएकोमा खुशी ब्यक्त गरेकी छन् । आइतवार नर्दन क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धाममा आयोजित बिशेष धार्मिक कार्यक्रमलाई सम्वोधन गर्दै युबराज्ञी “धार्मिक सहिष्णुता प्रतिविम्वित हुने गरी यस पबित्र देवालयमा हामीलाई पुजा अर्चना गर्ने अवसर जुटाइदिनुभएकोमा मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत मुक्तिनाथ धाम परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,” धाममा उपस्थित भक्तजनहरुलाई सम्वोधन गरदै युवराज्ञीले भनिन् – प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई हामीले हृदयमा राखेका छौ ।

पूर्व युवराज्ञी शाहले मुक्तिनाध धाममा आयोजित विशेष रुद्राभिषेक पूजामा सहभागी शाह ज्यू लाइ मुक्तिनाथ धामको तर्फबाट अध्यक्ष पाण्डे मार्फत बिशेष अभिनन्दन ग्रहण गरेकी थिइन् ।

युवराज्ञी शाहलाई मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत कायसमितिका पदाधिकारी एवं सल्लाहकारहरु र पंचकन्याले पुष्प गुच्छासहित स्वागत गरेका थिए I हिमानी शाहलाई हेर्ने र तस्बिर खिचाउनेहरुको निकै ठूलो भिड बिहानैदेखि उपस्थित भएको थियो ।

युगराज्ञी शाह को पूजा आराधना र उहाको उपस्थितिले मुक्तिनाथ धाम को गरिमालाई उच्च बनाएको मात्र छैन ,नेपालबाट आई अमेरिका बस्नुहुने समूर्ण हिन्दू समुदायको धर्म प्रतिको आस्थालाई समेत उजागर गरेको मुक्तिनाथका अध्यक्ष एबं मदरल्याण्ड नेपालका अध्यक्ष तथा समाजसेवी अनिल पाण्डेले बताए ।

आगामी दिनमा यो भन्दा बृहत् कार्यक्रम आफ्नै कार्यकाल मा आयोजना गर्ने बाचा समेत रहेको अध्यक्षले भने । पाण्डे मदरल्याण्ड नामक संस्थाका संस्थापक पनि हुन् ।

प्रतिक्रिया