अमेरिकाको म्यासाचुसेट्समा अडान गरिएको गाडीमा आमा र छोरीलाई गोली हानेर हत्या गर्ने अभियुक्तको खोजी जारी राखिएको प्रहरीले बताएको छ ।
प्रहरीले २७ बर्षिय डिजान बेल्नाभिस सशस्त्र र खतरनाक मानिनु पर्छ भन्दै बासिन्दाहरुलाई सूचीत गरेका छन् ।
म्यासाचुसेट्सको वर्सेस्टर प्रहरी विभागका अनुसार म्यासाचुसेट्समा पार्क गरिएको कार(सवारी साधन)भित्र आमा र उनकी कान्छी छोरीलाई गोली हानेर हत्या गरेको आशंकामा २७ वर्षीय युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
म्यासाचुसेट्स वर्सेस्टर प्रहरी बिभाग उनि सशस्त्र र खतरनाक भन्दै चेसिटी नुनेज र उनकी ११ वर्षीया छोरी जेला नुनेजको हत्यामा संलग्न अभियोगको लागि खोजिएको छ। गत मंगलबार दिउँसो ३ बजेपछि जब प्रहरीले अडान (पार्क )गरिएको गाडी भित्र गोली प्रहार गरी दुई महिला पीडित फेला पारेको थियो।
बेल्नाभिसलाई हत्या गर्ने उद्देश्यले सशस्त्र आक्रमण र अनुमति चालक पत्र बिना बन्दुक बोक्ने अभियोगमा खोजिरहेका छन्।
हत्याको सम्बन्धमा दोस्रो व्यक्तिलाई पक्राउ गरिएको छ भने तर अधिकारीहरूले संदिग्धको बारेमा विवरण पछि जारी गर्ने बताएका छन् ।
तस्बिर कृतज्ञता : वर्सेस्टर प्रहरी बिभाग
प्रतिक्रिया