सात अक्टुबर २०२३ मा इजरायली भूमिमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपाली मारिए भने एक जना विपिन जोशीको अवस्था अज्ञात छ । इजरायलबाट उद्धार गरिएका नेपालीहरूले दिएको जानकारीअनुसार त्यतिबेला जोशीलाई हमासका लडाकुले आफैँसँग लिएका थिए । यसरी करिब पाँच महिनादेखि सम्पर्कबिहीन भएका जोशीबारे आशा पलाउने गरी मध्यपूर्वबाट समाचारहरू आएका छन् ।
इजरायल र हमासबीच युद्धविरामको तयारी भइरहेको छ । यतिबेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन मध्यपूर्वको भ्रमणमा छन् । अमेरिका, इराजयल, कतार र इजिप्टले युद्धविरामको मस्यौदा प्रस्ताव गरेका छन् । जसमा हमासले आफ्नो राय पेस गरिसकेको बीबीसीले जनाएको छ । बीबीसीसँग हमासका प्रतिनिधिहरूले केही संशोधनसहित सो मस्यौदामा सकरात्मक राय दिइएको बताएका छन् ।
हमासको रायलाई कतारले सकरात्मक भनेको समेत बीबीसीले उल्लेख गरेको छ । समाचारअनुसार ६ हप्ताको युद्धविराम प्रस्ताव गरिएको छ । अहिले अमेरिकी विदेशमन्त्री ब्लिंकन युद्धविराम लागू गराउने उद्देश्यका साथ मध्यपूर्व पुगेका छन् ।
प्रतिक्रिया