गाजा वार्ताका लागि हमासको प्रतिनिधिमण्डल कायरो पुगे

इनेप्लिज २०८० माघ २५ गते ११:२५ मा प्रकाशित



गाजा वार्ताका लागि हमासको प्रतिनिधिमण्डल कायरो आइपुगेको छ । हमासका उपनेता खलिल अल-हयाको नेतृत्वमा हमासको प्रतिनिधिमण्डल गाजामा वार्ता गर्न बिहीबार इजिप्टको राजधानी कायरो आइपुगेको समूहले एक विज्ञप्तिमा जनाएको छ ।

“इस्लामिक प्रतिरोधी आन्दोलन हमासको एक प्रतिनिधिमण्डल बिहीबार बिहान आइपुग्यो, गाजामा आन्दोलनका उपप्रमुख डा. खलील अल-हयाको नेतृत्वमा युद्धविराम सम्बन्धी वार्ता पूरा गर्न कायरोको यात्रा गर्यो,” भन्दै समूहले बिज्ञप्तिमा उल्लेख गरेको छ । पहिलेका मागहरूको विपरीत हमासले युद्धको तत्काल अन्त्यको लागि आह्वान गरेको छैन भनि सिएनएनले जनाएको छ ।

स्थायी युद्धविरामका लागि वार्ता युद्धविरामको अवधिमा हुनेछ ।र ,बाँकी बन्धकहरूलाई युद्ध अन्त्य गर्ने अन्तिम सम्झौता भएपछि मात्र रिहा गरिने दस्तावेजमा भनिएको छ।

हमासका प्रवक्ता ओसामा हमदानले गत बुधबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको “भ्रमपूर्ण” मागहरूप्रति प्रतिबद्ध नभएको र इजरायलको लक्ष्य “पूर्ण विजय” भएको भन्दै निन्दा गरे। उनले अमेरिकालाई इजरायललाई समर्थन नगर्न पनि आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया