एउटा हाम्रो धर्ती, एउटा…………

इनेप्लिज २०८० माघ १७ गते १२:१९ मा प्रकाशित

एउटा हाम्रो धर्ती, एउटा हाम्रो आकाश
एउटा हाम्रो ठाउँ, एउटा हाम्रो देश
सुख सबै एउटै,दुःख सबै एउटै
हामी सबै एक हौ लक्ष्य छ एउटै
नेपालको माटोलाई चुम्बन गर्छौँ
हामी नाच्दा धेरै खुसी छौँ
मेरो आशा, मेरो चाहना भित्र देशलाई राख्छु
यो मुटु भित्र देशको चित्र राख्छु
जब देशको कुरा आउँछ सबैमा एकता हुनुपर्छ
देशको नाम सधैँ उच्च रहोस् कामना गर्नु छ
देश भित्रै यस्तो देश खोज्नु छ
जसको हातमा नेपाली झन्डा राख्नुपर्छ
यो भीडमा कतै खसेको छु, कतै हराएको छु
देशको संविधानमा सबैको अधिकार खोज्दै छु
मेरो देश नेपाल कहाँ सम्म छ खोज्दै छु
मेरो देश तिम्रो लागि एउटा गीत लेखेको छु
एउटा हाम्रो धर्ती, एउटा हाम्रो आकाश
एउटा हाम्रो ठाउँ, एउटा हाम्रो देश

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया