पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारको बारेमा नकारात्मक भ्रम फैलाइएको गुनासो गरेका छन् ।
शनिवार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले २०५८ जेठ १९ को विनाशकारी कहालीलाग्दो घटनालाई लिएर अहिलेसम्म पनि परिवारमाथि घातक प्रहार हुने गरेको उनले बताए ।
प्रत्यक्षदर्शीहरू हामीमाझ हुँदा हुँदै पनि अज्ञानता र छलले अहिले पनि बहकिनु अन्यायपूर्ण र दुर्भाग्यपूर्ण भएको उनले बताए ।
प्रतिक्रिया