काठमाडौंको शोभाभगवतीस्थित एक घरमा हत्या भएको तीन महिनापछि शव फेला परेको छ।
गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-१५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव फेला परेको थियो। उक्त घरकी घरबेटी सरिता गिरी भने अर्कै घरमा बस्थिन्।
एक वर्षदेखि एक जोडी ‘लिभिङ टुगेदर’ उक्त घरमा बस्दै आएका थिए। तर उनीहरूको नाम-ठेगाना लगायतका विवरण घरबेटीलाई थाहा थिएन।
शुक्रबार दिउँसो उक्त घरमा घरबेटी गिरी पुग्दा बाहिरबाटै ताला लगाइएको थियो। ताला लगाइएको घरमा बाहिरसम्म गन्ध आएपछि उनले स्थानीयलाई बोलाइन्।
हल्लाखल्ला भएपछि प्रहरीलाई समेत बोलाइएको थियो। अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भूबाट डिएसपी पूर्णिमाकुमारी चन्द र जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष टोली खटिएको थियो।
ढोका फोडेर हेरेपछि एक जना महिलाको शव भुँइमा सडिगलिसकेको अवस्थामा फेला परेको परिसर प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए।
प्रतिक्रिया