इरानले उत्तरी इराक र सिरियामा क्षेप्यास्त्र हमला गर्दै इजरायली जासूस सैनिक अड्डा ध्वस्त पारेको दाबी , कम्तिमा ४ जना मारिए र ६ जना घाइते 

इनेप्लिज २०८० माघ २ गते १७:५६ मा प्रकाशित

इरानद्वारा उत्तरी इराक र सिरियामा क्षेप्यास्त्र हमला गर्दै इजरायली जासूस सैनिकअड्डा ध्वस्त पारेको दाबी गरेको छ ।

इरानको रिभोलुसनरी गार्ड्सले सोमबार प्राक्षेपिक क्षेप्यास्त्र( मिसाइल) प्रहार गरेको छ जसलाई उत्तरी इराकमा इजरायलको गुप्तचर सॅस्था र सिरियामा रहेको “इरान विरोधी आतंककारी समूहहरू” को लागि एउटा जासूसी अड्डा हो भनि दावी गरेको छ ।

अमेरिकीले  आक्रमणहरूलाई “लापरवाह” र गलत भन्दै निन्दा गरेको छ ।

यो मुख्यालय क्षेत्र र इरानमा जासुसी कार्यहरू र आतंकवादी गतिविधिहरूको योजना बनाउने केन्द्र भएको इस्लामिक रिभोलुसनरी गार्ड कोरले सोमबार एक विज्ञप्तिमा जनाएको छ ।

कुर्दिस्तान क्षेत्रको सुरक्षा परिषद्ले मंगलबार बिहान जारी गरेको विज्ञप्ति अनुसार आक्रमणमा कम्तीमा ४ सर्वसाधारणको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

प्रतिक्रिया