बेद प्रसाद घिमिरे : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटना न्यूनीकरण कार्यदल गठन गर्न सरकारसँग माग गरेकाे छ ।
पछिल्लो समय मुलुकमा सवारी दुर्घटना बढेको भन्दै महांसघले दुर्घटना न्यूनीकरणका लागि तीनै तहको सरकार, यातायात व्यवसायी र यातायात मजदूरको संलग्नता रहनेगरी कार्यदल गठन गर्न आइतबार विज्ञप्तिमार्फत माग गरेकाे हाे ।
महासंघले पुस २७ गते दाङको भालुवाङमा १२ जनाकाे ज्यान जानेगरी भएकाे दुर्घटनाप्रति दु:ख व्यक्त गरेकाे छ ।
महासंघले दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
दुर्घटनाबाट मृत्यु भएका मृतकका परिवारलाई सरकारले उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्दै घाइतेको सम्पूर्ण उपचारको जिम्मेवारी लिन पनि महासंघले सरकारसँग माग गरेकाे छ।
प्रतिक्रिया