तमू  धिं क्यानडा द्वारा महान पर्ब  ल्होसार (मुप्री ल्हो) भब्य रुपमा सम्पन्न

इनेप्लिज २०८० पुष २९ गते ११:५८ मा प्रकाशित

गुरुङ समुदायको महान पर्व ल्होसार (मुप्री ल्हो) को सुखद अवसरमा तमू धिं क्यानाडाले तमू ल्होसार सांस्कृतिक साँझ २०८० भव्य रुपले सु सम्पन्न गरेको छ । मिसिसागा शहरको अनापलिस हलमा जनवरी ०७, २०२४ आइतबार साँझ सम्पन्न उक्त कार्यक्रममा अटोवा, पिटरबोरो, ह्यामिल्टन, लण्डन, बेरी, बर्लिंगटन लगायत बृहत्तर टोरोन्टो क्षेत्रका बिभिन्न शहरहरु बाट गरि लगभग ५०० को संख्यामा गुरुङहरु आ-आफ्नो मौलिक भेषभुषामा उपस्थित भएका थिए । साथै गुरुङ समुदायको सो मौलिक पर्व ल्होसार मनाउन कार्यक्रममा उल्लेख्य संख्यामा गैर-तमू समुदाय बाट पनि सहभागिता रहेको थियो भने निकै उत्सुकता र हार्दिकताका साथ कार्यक्रमको अन्त्य सम्म उपस्थिति जनाएका थिए ।

२ खण्डमा सम्पन्न उक्त कार्यक्रमको पहिलो खण्डको औपचारिक सत्र पुजन गुरुङ र यास्मिन गुरुङले संचालन गरेका थिए । तमू अग्रज भक्त बहादुर गुरुङ द्वारा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन भएको थियो भने संस्थाको महासचिव पूर्ण गुरुङ बाट उपस्थित सबैलाई स्वागत मन्तव्य बाट स्वागत गरिएको थियो।

गुरुङ समुदायमा ल्होसारको महत्व बेग्लै रहेको र यो साल ‘मुप्री ल्हो’ (गरुड बर्ग) लाई स्वागत गर्दै विशेष गरी ‘मुप्री-ल्हो’ आएका सबै तमूहरु लाई तमू अग्रजहरु बाट स्याई-स्याई गर्दै ‘रुपा-प्हेरु’ लगाई शुभकामना र आशिर्वाद दिने कार्यक्रम बिशेष रोचक र महत्वपूर्ण रहेको थियो । सो परम्पराको निरन्तरताले उपस्थित नयाँ पुस्ताले पनि क्यानडामा तमू सस्कृति जान्ने मौका पाएको सहभागि एक युबाले प्रतिकृया जनाएको थियो।

मिलन गुरुङ र रिमा गुरुङ द्वारा संचालित कार्यक्रमको दोस्रो खण्ड पूर्णतया सांस्कृतिक रहेको थियो भने गुरुङहरुको को मौलिक नाच ‘सोरठी’ नृत्य क्यानाडामै पहिलो पटक देखाइएको थियो। त्यस्तै कार्यक्रमभरी विविध नृत्य र गायन हरु प्रस्तुत गरिएको थियो। यस पटकको ल्होसार कार्यक्रममा केहि नयाँ प्रयोगहरु जस्तैः डिजीटल व्यानर, साँगितिक कविता वाचन, प्रायोजकहरु लाईआशिष गीत/नृत्य द्वारा सम्मान गर्ने जस्ता प्रस्तुतिहरु निक्कै नै प्रभाबकारी र समसामयिक थिए । पुजन गुरुङ द्वारा प्रस्तुत गरिएको सांगितिक कबिता बाचन एबम पृष्ठभूमिमा देखाइएको दृश्यले उपस्थित सबैलाई नेपालको कुनै गाउँमा पुगेको भान दिलाएको थियो। त्यस्तै गरि गुरुङ भेषभुसामा साना साना बालबालिका तथा युबाहरुले जोड मादल, चाँप सहितको तालमा “फूलको आँखामा फुलै संसार”गीत प्रस्तुत गरेको देख्दा तमू धिंले नयाँ पुस्तालाई सशक्त रुपमा प्रशिक्षण गरेको देखिन्थ्यो। साँझको ५:३० मा शुरु भएको कार्यक्रम मध्यरात सम्मै चलेको उक्त कार्यक्रममा उपस्थित सबैजनाले भरपुर मनोरञ्जन लिएका थिए ।

अन्तमा कार्यक्रमका प्रायोजकहरुलाई संस्थाका सल्लाहकार तथा पदाधिकारीहरुले “मायाको चिनो” प्रदान गरेका थिए भने संस्थाको अध्यक्ष सोम गुरुङले कार्यक्रम सम्पन्न पार्न सहयोग गर्नु हुने सबैलाई विशेष सम्झना गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुको साथै कार्यक्रम सम्पन्न भएको जानकारी गराएको थियो।

गुरुङ समुदायको आफ्नै भाषा, भेषभुषा, मौलिक संस्कार र संस्कृति छ। विदेशमा रहेर पनि आफ्नो मौलिकता जोगाउन गरिने यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने कुरामा दुईमत छैन। खासगरी कार्यक्रममा युवापुस्ता को उल्लेख्य मात्रामा सहभागी र आफ्नो संस्कृति प्रति देखाएको चासो र मायाले ल्होसार कार्यक्रमको महत्व र सान्दर्भिकता झन् पुष्टी पारेको थियो।

प्रतिक्रिया