अमेरिकाका विभिन्न राज्यमा कम्तिमा १२ वटा घुम्रपात( टोर्नाडो) , फ्लोरिडामा १ लाख मानिसका घर बिजुलीविहिन

इनेप्लिज २०८० पुष २४ गते १९:३४ मा प्रकाशित

अमेरिकाका विभिन्न राज्यमा कम्तिमा १२ वटा घुम्रपात( टोर्नाडो) आएको छ । फ्लोरिडामा १ लाख मानिसका घर बिजुलीविहिन रहन बाध्य भएका छन ।

९० लाख भन्दा बढी मानिसहरू आज बेलुका ६ बजे सम्म हिमपात/आधिको चपेटामा पर्ने भएकोले चेतावनी जारी गरिएको छ ।

उत्तरी फ्लोरिडा, दक्षिणपूर्वी जर्जिया, दक्षिण मध्य उत्तरी क्यारोलाइना र दक्षिण क्यारोलाइनाका धेरै भागहरू घुम्रपातको निगरानीमा रहेका छन ।

द्रुत गतिमा चल्ने आँधीबेहरी आज दिउँसो पूर्वतिर जाने र घुम्रपात/ हिमपात र आँधीबेहरीले क्षति पुर्‍याउने जोखिम निम्त्याउँछ भनि चेतावनी दिईएको छ ।

आज बिहान फ्लोरिडा, अलाबामा र जर्जियामा १२ वटा घुम्रपात  आएको छ ।

हिमपात/,आँधीले फ्लोरिडामा मात्र १२ः३० बजेसम्म करिब १,००,००० ग्राहकहरूको बिजुली विच्छेद गरेको छ ।

प्रतिक्रिया