बेद प्रसाद घिमिरे :पुर्व अरनिको यातायात प्रालि को काठमाडौ महानगर पालिका वडा न ३२ जडिबुटी मा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले आज फैसला सुनायको छ । अब बसपार्क पुर्ण रूपमा सन्चालन हुने पुर्व अरनिको यातायात का अध्यक्ष केदार क्षेत्री ले जानकारी दिनु भयो। यस अघि उच्च अदालतले काठमाडौ महानगरपालिका लाइ कुनै पनि सरचना नभत्काउन अन्तरिम आदेश मात्रै दिएको थियोे ।अब फैसला भय पछि निजि लगानीमा निर्माण भएको बसपार्क लाइ अदालत ले वैधानिकता प्रदान गरेको छ।पूर्वअरनिको यातयात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क निर्माण गरेर संचालन गरेको छ।
अदालतको फैसलासँगै अब आफुहरु बसपार्क सञ्चालनका लागि योजना बनाएर अगाढी बढ्ने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरीने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंमा रहेको गोङ्गबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्थाको सुरुवात गरेपनि पुर्व अरनिको यातायात प्रालिले भने आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेर दशै देखि नै त्यहीबाट बसहरु सञ्चालन गरेको थियो ।
राजधानी पुर्वका जिल्लामा सञ्चालन हुने यातायातका साधानहरु लाई गोङबु बसपार्कमा नै पुग्नुपर्ने निर्णय अव्यवहारीक रहेको भन्दै पूर्व अरनिको यातायात प्रालिले काठमाडौ महानगरपालीका–३२ नम्बर वडाको जडिबुटीमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न गरेर यात्रुहरुलाई त्यहीबाट सेवा सुविधा दिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
१४ रोपनी जग्गा भाडामा लिएर पुर्व अरनिको यातायाता प्रालिले सुविधासम्पन्न बसपार्क निर्माण गरेको थियो
प्रतिक्रिया