जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ निवासी ५३ वर्षीय शर्माले भने मुलुकमा ८८४ जना सांसद र नेताहरूबाट मुलुकले निकास पाएन । सांसदहरू र नेताहरू मुलुकलाई निकास दिन एक पटक होईन बारम्बार असफल भएका छन । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, ८८४ सांसद र नेताहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, संविधान, सत्ता, पद र मुलुकको राज्यकोष ढुकुटी सबैको दुरुपयोग गरेका छन । शर्माले भने सेना आऊ देश बचाऊ । अब मुलुकमा सैनिक शासन अपरिहार्य छ । शर्माले फेरी भने हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ । शर्माले अब सैनिक शासनको लागि प्रदर्शन काठमाडौं, बुटवल, कपिलवस्तु, बर्दिया, नेपालगन्ज, धनगढी, चितवन, मकवानपुर, पोखरा, बिराटनगर र इटहरी आदि इत्यादि विभिन्न स्थानहरुमा गर्ने बताए ।
https://mail.google.com/mail/u/0/?tab=rm&ogbl#inbox/FMfcgzGwJcXrgdWLWcPPrDnDRrvgTFDx?projector=1
प्रतिक्रिया