अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको उपाधि माइलस्टोन स्काउट ट्रुप, रामकोटलाई

इनेप्लिज २०८० पुष १६ गते १:३१ मा प्रकाशित

काठमाडौँ – कर्म ओपन स्काउट क्रु द्वारा आयोजित अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको उपाधि माइलस्टोन स्काउट ट्रुप, रामकोटले जितेको छ । नेपाल स्काउट, बागमती प्रदेश अन्तर्गत संचालित कर्म ओपन स्काउट क्रु को आयोजनामा अन्नपुर्ण विनायक स्कुल, तिनकुनेमा भएको अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको पहिलो संस्करणको विजय माइलस्टोन स्काउट ट्रुप, रामकोटले प्राप्त गरेको हो । यसैगरी द्वितीय माइलस्टोन स्काउट ट्रुप, लगनखेल भएको छ भने तृतीय स्थान हात पार्न सफल कौस्तुभ स्काउट ट्रुप, पेप्सीकोला भएका छन् ।

बिजेता स्काउटहरुले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन। यस उपत्यकाव्यापी प्रतियोगितामा १० विद्यालयका ८० जना स्काउटहरुको सहभागिता रहेको थियो। हरेक बिद्यालयमा अन्तर टोली खाना पकाउने प्रतियोगिताको आयोजना गरि बिजेता टोलिहरु एक विषयवस्तुमा आधारित रही सहभागी भएकाे आयोजक कर्म ओपन स्काउट क्रु का रोभर लिडर तथा उक्त १० वटा बिद्यालयका स्काउट प्रशिक्षक अजेय अधिकारीले जानकारी दिनुभयाे ।

नेपाल स्काउट, बागमती प्रदेशका संयोजक शिवराम अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय नागार्जुनका संयोजक शम्भु राज शर्मा, जिरीका संयोजक तिर्थ बहादुर खड्का , संखरापुरका संयोजक धर्म भक्त मल्ल , ब्रेन हर्ट स्कुल प्राचार्य तपस शर्मा , अन्नपुर्ण विनायक स्कुलका प्राचार्य बि के शाह तथा नेशनल प्याब्सन काठमाडौँका सह सचिब शिवराम गिरिको उपस्थिति थियो भने निर्णायकको भूमिकामा स्काउटर राम श्रेष्ठ , स्काउटर रिजन तिवारी , स्काउटर तिर्थ बहादुर खड्का , स्काउटर धिरेन श्रेष्ठ तथा शेफ किरण के सी रहनु भएको थियो।

कार्यक्रम बिभिन्न बिद्यालयका सह प्राचार्य, संयोजक, प्रतिनिधी एवं अभिभावक, स्काउट प्रतिनिधी तथा शिक्षक/ शिक्षिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कर्म ओपन स्काउट क्रु , शुभयुग ओपन रोवर रेनजर क्रु तथा डायनामिक स्काउट युनिटका सदस्यहरु सम्मानित भएका थिए।

आयोजक कर्म ओपन स्काउट क्रु लाई धन्यवाद र बधाई दिंदै यस्ता बिबिध किसिमका कार्यक्रमले स्काउटहरुमा आत्म बिश्वास बढाउने साथ साथै स्काउट भाई बहिनीहरुको बौद्धिक र सामाजिक बिकास हुने भन्दै आगामी दिन हरुमा पनि यस्तै उत्कृष्ट कार्यक्रम आयोजना गर्न नेपाल स्काउट, बागमती प्रदेशका संयोजक शिवराम अर्यालले हौसला प्रदान गर्नु भएको छ ।

रोभर लिडर तथा स्काउट प्रशिक्षक अजेय अधिकारीको नेतृत्वमा २०८० साल श्रवन १ गते देखि संचालनमा आएको कर्म ओपन स्काउट क्रु छोटो समएमा धेरै कार्यक्रम गर्न सफल तथा गुणस्तरीय स्काउट शिक्षा प्रदान गर्ने संस्थाको रुपमा चिनिन्छ।

प्रतिक्रिया