।
दुबई । गएको ३ डिसेम्बर आईतबारका दिन दुबईस्थित सिल्भर स्पून रेष्टरेण्टको हलमा नेपाल आदिवासी जनजाति महासंघ युएईले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । युएईस्थित क्रियाशिल जनजातिभित्र ११ वटा संस्था र नेपालबाट आउनु भएका अतिथिहरुको बीचमा सो कार्यक्रम भएको हो ।
नेपाली राष्ट्रिय गान लगत्तै नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बुको शुभकामना मन्तव्यबाट कार्यक्रमको थालनी भएको थियो भने समयको अभावलाई मध्यनजर गर्दै युएईस्थित क्रियाशिल ११ वटा जनजातिहरुको संस्थाको त्रर्फबाट नेपाल मगर संघ शाखा युएईका अध्यक्ष नयन घर्ती मगरले आफ्नो जिज्ञासाका साथ मन्तव्य राख्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा मुख्य रुपले पहिचानको आन्दोलनसंगै आगामी कार्य दिशाालाई नेपालका आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति, परम्परा र भेषभूषाहरुको उत्थान गर्दै लैजानु पर्नेमा ध्यान केन्द्रित भएको थियो । साथै नेपालस्थित रहेको केन्द्र र प्रवासमा क्रियाशिल समितिहरु बीचको समन्धलाई अझै बलियो तरिकाले जोड्दै हरेक गतिविधिहरुको आदानप्रदान गर्नुका लागि बिशेष पहल गरिएको थियो । जसमा प्रवासमा कार्यरत श्रमिकहरुलाई आई पर्ने समस्यालाई नजिकबाट समाधान गर्नमा सहज र सरल हुनेमा विस्वास बढेको थियो । विभिन्न व्यक्तिहरुको जिज्ञासालाई नेपालबाट आउनु भएका अतिथिहरुले क्रमबद्ध रुपमा उत्तर दिनु भएको थियो ।
नेपालबाट आउनु भएका नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका अध्यक्ष गेल्जे शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका महासचिव दिवस राई र नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख बुद्ध घर्तीलाई नेपाल आदिवासी जनजाति महासंघ युएई र अन्य संस्थाहरुले सम्मान समेत गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव धनकृष्ण राईको संचालनमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका अध्यक्ष गेल्जे शेर्पा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बुले गर्नुभएको थियो । त्यसैगरी बिशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका महासचिव दिवस राई, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख बुद्ध घर्ती, जनजाति ईन्गेजमेण्ट स्पेशीलिस्ट अनेस्कोका प्रतिनिधि बर्षा लेखी, राष्ट्रिय आदिवासी जनजाति महिला मंच नेपालकी अध्यक्ष सुनी लामा र नेपाल आदिवासी जनजाति महासंघ आईसीसी संयोजक तथा संरक्षक पासाङ शेर्पा रहनुभएको थियो । साथै अन्य अतिथिहरुमा ११ वटा संस्थाका संस्था प्रमुख, विभिन्न पदाधिकारीहरु र पत्रकारहरु रहेका थिए ।
-–लालबहादुर ढेंगा, दुबई, युएई
प्रतिक्रिया