शिव नेपाल । यो सालको अर्थात् आगामी हप्ताको भाइटिका नेपालमा भन्दा अमेरिकामा एक दिन पहिले परेको छ । अमेरिकामा नोभेम्बर १४ तारिख मंगलबार छ भने नेपालमा भने नोभेम्बर १५ तारिख बुधबार । दिपावली अथवा लक्ष्मी पुजा भने नेपाल र अमेरिकामा दुवै ठाउँमा आइतबार अक्टोबर १२ मा परेको छ ।
त्यसै गरी भाइटिकाको लागि अन्तर्राष्ट्रिय पंचांग समितिले संसारभरको साइत र मिति प्रकाशित गरेको छ र ग्लोबल भुटानी हिन्दु संघले अनुमोदन गरेको छ।
तर कोहि अमेरिकामा भाइ टिका अर्को दिन कुरेर बुधबार नै मनाउने पर्ने तर्क राख्छन भने कोहि मंगलबार अघिल्लो दिन पर्ने द्वितीया तिथिमा गर्नु पर्छ भन्छन।
ज्योतिषविदहरुले भने शास्त्र ,सिद्धान्त र विज्ञानलाई नजानेर वा हेलचेक्र्याइ गरेर आफ्नो व्यक्तिगत तबरले केहि पण्डितहरुले हचुवाको भरमा जन-मानसमा भ्रम छरेको आरोप लगाएका छन्।
यो लेखमा यसै सन्दर्भमा उठेका केहि सबालहरुलाई प्रकाश पार्ने जमर्को गरिएको छ:-
बास्तबमा सनातन तिथि-पर्ब बारे परम्परा के हुन् ?
—————————————————————
तिथि पर्व सम्बन्धि सनातन परम्परामा पर्वहरु चन्द्र-मासका तिथि अनुसार मनाइञ्छ्न। कति पर्वहरुमा त आकाशमा कुनै तिथि भित्रको चन्द्रमा हेरेर पुजा गर्ने र त्यसपछि श्रीमान श्रीमतीले एकले अर्कालाई प्रसाद खुवाउने र खाने चलन पनि छ। अब त्यस्तो चलनमा चन्द्र-मास र तिथिलाइ वास्तै नगरी पर्ब मनाउने कुरालाइ परम्परागत भन्न मिल्यो त ?
कोजाग्रत पुर्णिमा परेको दिन पुर्णिमा नमनाएर भोलि पल्ट प्रतिपदा तिथिमा मनाउँदा परम्परागत मान्याता अनुसार को जागै छ ? भनेर पुर्णिमाको रातमा आउने श्री-लाक्ष्मी उल्टै गैसकेकी हुने छिन। तिथिको दिन पितृहरुलाई आह्वान गरेर गरिने श्राद्ध तिथि खोजेर मान्न झन्झट मानेर आफ्नो सजिलोको लागि भोलि पल्ट गर्दा पित्रिहरु भोकै फर्किसकेका हुनेछन। भोकै फर्किएका पित्रिहरुको आशिकको बदला श्राप पो लाग्ने हो कि ? धेरै जन-मानसमा दुबिधा रहेको पाइयो।
भारती अमेरिकीहरु र भुटानी अमेरिकीहरु लगायत अरु सनातानीहरुले स्थानीय पंचांग अनुसरण गरेर परम्परागत पर्वहरु मानिरहेका छन् भने नेपालीले मात्र तिथिको भोलिपल्ट हुल हचुवाको भरमा किन मनाउने ? भन्ने प्रश्न छ।
हिन्दु सनातनीहरुको सबैभन्दा ठूलो परम्परा भनेको आफ्ना जन्म देखि मृत्यु पर्यन्तका सस्कारहरु चन्द्र-मास अनुसारको यस धर्तीमा पर्न आउने स्थानीय तिथि भित्र गर्नु नै हो। यस सम्बन्धी आउने अरु झिना मसिना तर्कहरु उही चलन चल्तीका भाषामा भनिने “कुरो र कुलो जता लग्यो त्यतै जान्छ नि हजुर 🙂 ” भने जस्तै हुन्।
एउटा तर्क चन्द्रमाको गतिलाई सूर्य को गतिले काट्छ र खुरुक्क नेपालको भोलिपल्ट मनाउँदा हुन्छ भन्ने पनि पाइयो।
*****के साँच्चै सूर्य को गति हुन्छ त ?
सबैले बुझ्ने भाषामा भन्नु पर्दा अब एक छिन नेपालको खेतको दृश्य सम्झौं। धान खेतमा पराल दांइ गर्दा गोरुहरु बिचमा गाडेको मियोको वरिपरि घुम्छन। त्यसमा मियोको कुनै गति हुँदैन। तर कुनै गोरु छिटो छिटो हिंडेको तर कुनै गोरु अलि ढिलो हिंडेको देखिए पनि सबैले बिचको मियोलाइ घुम्ने चक्र पुरा गरेकै हुन्छन। त्यसमा गोरुको छुट्टा छुट्टै गति हुन्छ तर मियो बिचमा रहन्छ ।
ठ्याक्कै त्यस्तै आकाशमा पनि ग्रहहरु सूर्य को वरिपरि घुम्छन। क्यालेण्डर बनाउंदा हाम्रो सूर्य-मण्डलमा सूर्यलाई स्थिर मियो जस्तो मानेर अरु ग्रहहरुको गति निकालिन्छ ।
बाह्र महिनाका बिक्रम सम्बत र इस्वी सन् लगायतका सौर्यमास क्यालेण्डर भनेको पृथ्वी ग्रहले स्थिर सूर्यलाई वरिपरि घुमिरहने पृथ्वीको गतिको आधारमा बनाइएको क्यालेण्डर हो। पृथ्वीमा हुने परिबर्तन सूर्य सिद्धान्त अनुसार भनिएपनि पृथ्वी घुन्दै जाँदा कति टाढा पुग्दा र कसरि ढल्किन्दा धर्तीमा के कस्तो जलबायु ऋतु परिबर्तन हुन्छ र कुन बेला ठ्याक्कै दिन र रात बराबर हुन्छ, कुन ठाउँमा छोटो दिन हुन्छ भन्ने जस्ता धेरै कुराहरु पृथ्वीको गतिको आधारमा तय गरिएका बिषय हुन्, सुर्यको गतिमा हैन ।
*****सनातन तिथि-पर्व परम्परा र हाम्रो व्याबहारिक जीवनमा क्यालेण्डरहरुको मिलान
——————————————————————————————————————–
साधारण रुपले इतिहासलाइ हेर्दा सौर्यमास अनुसारका क्यालेन्डर आज भन्दा करिब २ हजार बर्ष अघिदेखि प्रचलनमा आएको पाइएको छ। त्यसमा सबै भन्दा जेठो क्यालेण्डर हामीले मान्ने बैशाख,जेठ महिनाहरू भएको बिक्रमदित्याले आज भन्दा २०८० बर्ष सुरु गरेको बिक्रम सम्बत र २०२३ बर्ष अघि सुरु भएको जनवरी फेब्रुवरी महिना भएको इस्वीसन्-का हुन्।
त्यो भन्दा पनि हजारौं वर्षा पहिले देखि चन्द्र-मास अनुसारको क्यालेन्डर अनुसरण गरिन्थ्यो र हाम्रा चाड-पर्वहरु त्यहि चन्द्रमाको पृथ्वीलाई घुम्ने गति र तिथि अनुसार निर्धारण गरियो र कुनै चाडलाइ तिथि परेको रातमा मनाउन थालियो भने दिनमा मनाउने चाड पर्वहरु भने सुर्योदय्लाई मान्याता दिएर त्यसै दिनमा पर्ने सुर्योदयको ख्याल राखेर मनाउन थालियो।
सनातन परम्पराको धरोहरलाई सरल भाषामा एउटा चलायमान गाडिको रुपमा हेर्ने हो भने चन्द्र-मास क्यालेण्डर सनातन परम्पराको इन्जिन हो जसले यहाँसम्म यो परम्परालाई ल्याईपुर्याएको छ, बिक्रम सम्बत गाडिको बडी । सिर्फ सौर्य मास अनुसार बनेका इस्वी सन् र बिक्रम सम्बत कयालेण्डरहरु गाडिको बडि जस्ता मात्र हुन्।
त्यसैले त्यसमा चन्द्रमास अनुसारको क्यालेण्डर मिलान नगरिकान तिनीहरुले हाम्रा चाड पर्व निर्धारण गर्न सक्दैनन्। इस्वी सन् को क्यालेण्डर मात्र हेरेर हामीलाई न दशैँ थाहा हुन्छ न तिहार। त्यसैले पंचांग समितिले बनाएको पात्रो हेर्नुपर्ने हुन्छ। अनि भित्ते पात्रो र हाम्रो पात्रो बनाउनेहरुले त्यहि पंचाङ्ग अनुसरण गरेर क्यालेण्डरमा चाडपर्व राख्ने हुन्।
त्यसैले त्यसमा चन्द्रमास अनुसारको क्यालेण्डर मिलान नगरिकान तिनीहरुले हाम्रा चाड पर्व निर्धारण गर्न सक्दैनन्। इस्वी सन् को क्यालेण्डर मात्र हेरेर हामीलाई न दशैँ थाहा हुन्छ न तिहार।
पंचांग भनेको समयलाई पाँचवटा आयाम राखेर छुट्टाइ निर्धारण गरिएको क्यालेण्डर हो जसमा सात बार, तिथि, नक्षत्र ,करण र योग छन्। जसमा बार तिथि र नक्षत्र धेरै चलन चल्तीमा छन्। करण र योग बिशेष परिस्थिमा मात्रै हेरिन्छ। कुनै पर्व जस्तै भाइटिका, विजयादशमी पुजा आजाको साइतहरु भने जुन तिथिमा पर्ने हो पहिले त्यो तिथि निर्धारण गरी मुहुर्त शास्त्र लगाएर त्यहि तिथि भित्र सकेसम्म शुभ बेला भित्र निकालिन्छ। चंलन चल्तीमा सुन्ने गरिन्छ नि, शुभ-बेला काल-बेला अमृत-बेला आदि आदि |
अन्तर्राष्ट्रिय पंचांग समितिद्वारा प्रकाशित भाइटिकाको साइत तालिका लिंक :
https://www.facebook.com/photo/?fbid=744604641036818&set=a.338507364979883
चाख लागेमा थप जानकारीको लागि बाँकी अरु तथ्यहरु तलको पुरानो लेखमा बुँदागत गरिएको छ।
हाम्रा चाडपर्व र तिथि सम्बन्धि मनन-योग्य सरलतम् तथ्यहरु:
…… इतिश्री सुभम।
हाम्रा चाडपर्व र तिथि सम्बन्धि मनन-योग्य सरलतम् तथ्यहरु:
https://www.enepalese.com/2023/10/404937.html?
अ ) बुद्धको जन्म पुर्णिमामा, कृष्णको जन्म अष्टमीमा , रामको नवमिमा , शिवको त्रयोदशी तिथिमा पर्छन्। तिथिको गणना ज्योतिष विज्ञानले गर्छ। युग र योनिचक्रका कुरा छोडेर साधारण हिसाब गर्दा पनि २५०० बर्ष अगाडि बुद्ध थिए, कृष्ण कम्तिमा पनि ५०००, राम र शिव पांच सात हजार बर्ष अगाडिका थिए भन्ने कुरा प्रमाणित भैसकेको छ।
यसको मतलव हाम्रा देवी देवताहरु भन्दा पहिले देखि नै धर्माबलाम्बिहरुले वैदिक ज्योतिष-पंचांगका सिद्धान्तहरुलाई यो धर्तीमा सनातनी मान्दै आएका थिए। शिवपुराणमा पार्वतीले शिवजीलाई ज्योतिष बुझ्न जटिल छ, कुन दशा प्रणालीबाट जीवनको भबिष्य बारेमा बुझ्न ठीक होला ? भनी सोध्दा, कलियुगमा त्रिभागी दशा सजिलो हुन्छ भनेर शिवजीले सल्लाह दिएको उल्लेख छ| यसबाट देवी देवाताहरुले समेत बिनासर्त ज्योतिष सिद्धान्त मानेको प्रमाणित हुन्छ।
संसारको प्राचिनतम् ज्योतिष-बिद्या ज्ञान र बिज्ञानको समिश्रण र भन्डार हो। त्यसैले बैदिक ज्योतिष बिध्याका समय मापनका सिध्दांन्तहरुलाई नासा र खगोल शास्त्रले समेत सटिक मानेर अनुसरण गरेका छन्। सिद्धान्त ज्योतिषलाई अरु आधुनिक विज्ञानको जननी मान्न सकिन्छ।
संसारको प्राचिनतम् ज्योतिष-बिद्या ज्ञान र बिज्ञानको समिश्रण र भन्डार हो। त्यसैले बैदिक ज्योतिष बिध्याका समय मापनका सिध्दांन्तहरुलाई नासा र खगोल शास्त्रले समेत सटिक मानेर अनुसरण गरेका छन्।
ज्योतिष विज्ञानलाई च्यालेन्ज गर्न सक्ने सामर्थ्य हामीमा छैन । त्यसैले आफुलाई सनातनी धर्म मान्ने भन्नेले ज्योतिष शास्त्रको बिरोध गर्ने कुरा असम्भब जस्तै हो।
आ ) हामीले हेर्ने परम्परागत पात्रोमा सूर्य मास, चन्द्र मास , बिक्रम सम्बत, इस्वी सम्बतका क्यालेण्डर लगायत धेरै कुराहरु मिलान गरिएको हुन्छ ।
इ) सनातनका प्राय चाड-पर्ब, श्राद्ध चन्द्रमास अनुसारको तिथिमा पर्छन् र वैदिक ज्योतिष अनुसरण गरेर निकालिन्छ ।
ई) सूर्य मास अनुसार मनाइने चाडहरु भनेको महिनाको पहिलो दिन पर्ने संक्रान्ति र महिनाको अन्तिममा पर्ने दिन मसान्त मुख्य हुन् बाँकि सबै चन्द्रमास अनुसारको तिथि अनुसार पर्छन्।
क ) हरेक गते र बार २४ घन्टाका हुन्छन, बारको नाम ज्योतिष शास्त्र अनुसार सात ग्रहका नामबाट आइतबार सोमबार मंगलवार आदि राखिएका छन्।
ख ) सौर्य मास अनुसार पर्ने महिना बैशाख जेठ आदि , गते र बार बढ्ने वा हराउने तथा दिन २४ घण्टा भन्दा बढि कहिल्यै हुँदैन।
ग) तर चन्द्रमास कहिले काही पुरै महिना गायब हुन्छ, जसलाई क्षय-मास भनिन्छ, अतिरिक्त थपियो भने मलमास पर्छ।
घ ) सबै तिथि २४ घन्टाको हुँदैनन्, तिथिहरू साधारणतया १९ देखि २६ घन्टाका हुन्छन् तर दिन २४ घण्टाको हुन्छ।
त्यसैले तिथि कुनैबेला पनि सुरु हुन सक्छ, कहिले बिहान, कहिले बेलुकी, कहिले दिउँसो, कहिले रातमा सुरु हुन सक्छ | तेसैले जुन स्थानमा सूर्य दय हुदाँ तिथि रहन्छ तै दिन मान्य हुन्छ।
ङ) सूर्य र चन्द्र ग्रहण ठाउँ अनुसार छुट्टा छुट्टै समयमा देखिए जस्तै तिथि साइत र लगन पनि आफु बस्ने वा पर्व मनाइने स्थानअनुसार छुट्टा छुट्टै निकाल्नु पर्छ ।
त्यसैले पंचांग निर्माता तथा निर्णायक समितिले नेपालको लागी बनेको पात्रो नेपाललाइ मात्र हो र यो बिदेशमा प्रयोग गर्न मिल्दैन भनेर निर्णय गरेको छ | हाम्रा संस्कार र परम्परागत मान्यताहरु बिश्वब्यापी रुपमा बिज्ञान सम्मत हुन सकोस भनेर अमेरिका लगायत अरु देशहरुको लागि अन्तर्राष्ट्रीय पंचांग ले छुट्टा छुट्टै पंचांग(पात्रो) बनाएको छ।
अब त्यो पात्रो(पन्चान्ग) उपलब्ध गरी आफ्नो आफ्नो संस्कार र परम्परालाई ध्यानमा राखेर विधि र ज्योतिष बिज्ञान सम्मत तरिकाले विदेशमा रमाइलोसँग एकताबद्ध भई नेपाली श्राद्ध तिथी र चाडपर्व मनाउने जिम्मा – तपाई हामी विदेशमा बस्ने नेपालीहरूको ।
त्यसै गरी सम्बन्धित ज्योतिष बिज्ञहरुको सभा गोष्ठी राखेर जनमानसमा चेतना फैलाई एकरुपता ल्याउने दायित्व, नेपाल बाहिरका नेपाली समाजका संघ, संथा र सामाजिक अभियन्ताहरुको।
ता कि, हाम्रो भावी पुस्ताले बैज्ञानिक आधारको मान्यतामा संसारभरी मनोरंजन पुर्ण तवरले आफ्नो चाडपर्व मनाउंदै शिर ठाडो राखी आफ्नो सनातन परम्परालाइ युगौं युग अक्षुन्न राख्न सकुन।
…………इति श्री।
लेखक शिव नेपाल अमेरिकी सरकारी संस्थाका वरिष्ठ कम्प्युटर अटोमेसन इन्जिनियर हुन् ।
प्रतिक्रिया