अमेरिकामा दशैंको टिका अघिल्लो दिन परेको सन्दर्भमा -सनातनी चाडपर्व र तिथि सम्बन्धि मनन-योग्य सरलतम् तथ्यहरु:

इनेप्लिज २०८० कार्तिक ४ गते १५:४४ मा प्रकाशित

अ ) बुद्धको जन्म पुर्णिमामा, कृष्णको जन्म अष्टमीमा , रामको नवमिमा , शिवको त्रयोदशी तिथिमा पर्छन्। तिथिको गणना ज्योतिष विज्ञानले गर्छ। युग र योनिचक्रका कुरा छोडेर साधारण हिसाब गर्दा पनि २५०० बर्ष अगाडि बुद्ध थिए, कृष्ण कम्तिमा पनि ५०००, राम र शिव पांच सात हजार बर्ष अगाडिका थिए भन्ने कुरा प्रमाणित भैसकेको छ।

यसको मतलव हाम्रा देवी देवताहरु भन्दा पहिले देखि नै धर्माबलाम्बिहरुले वैदिक ज्योतिष-पंचांगका सिद्धान्तहरुलाई यो धर्तीमा सनातनी मान्दै आएका थिए।

शिवपुराणमा पार्वतीले शिवजीलाई ज्योतिष बुझ्न जटिल छ, कुन दशा प्रणालीबाट जीवनको भबिष्य बारेमा बुझ्न ठीक होला ? भनी सोध्दा, कलियुगमा त्रिभागी दशा सजिलो हुन्छ भनेर शिवजीले सल्लाह दिएको उल्लेख छ । यसबाट देवी देवाताहरुले समेत बिनासर्त ज्योतिष सिद्धान्त मानेको प्रमाणित हुन्छ।

संसारको प्राचिनतम् ज्योतिष-बिद्या ज्ञान र बिज्ञानको समिश्रण र भन्डार हो। त्यसैले बैदिक ज्योतिष बिध्याका समय मापनका सिध्दांन्तहरुलाई नासा र खगोल शास्त्रले समेत सटिक मानेर अनुसरण गरेका छन्। सिद्धान्त ज्योतिषलाई अरु आधुनिक विज्ञानको जननी मान्न सकिन्छ।

ज्योतिष विज्ञानलाई च्यालेन्ज गर्न सक्ने सामर्थ्य हामीमा छैन । त्यसैले आफुलाई सनातनी धर्म मान्ने भन्नेले ज्योतिष शास्त्रको बिरोध गर्ने कुरा असम्भब जस्तै हो।

ज्योतिष विज्ञानलाई च्यालेन्ज गर्न सक्ने सामर्थ्य हामीमा छैन । त्यसैले आफुलाई सनातनी धर्म मान्ने भन्नेले ज्योतिष शास्त्रको बिरोध गर्ने कुरा असम्भब जस्तै हो।

आ ) हामीले हेर्ने परम्परागत पात्रोमा सुर्यमास, चन्द्र मास , बिक्रम सम्बत, इस्वी सम्बतका क्यालेण्डर लगायत धेरै कुराहरु मिलान गरिएको हुन्छ ।

इ) सनातनका प्राय चाड-पर्ब, श्राद्ध चन्द्रमास अनुसारको तिथिमा पर्छन् र वैदिक ज्योतिष अनुसरण गरेर निकालिन्छ ।

ई) सुर्यमास अनुसार मनाइने चाडहरु भनेको महिनाको पहिलो दिन पर्ने संक्रान्ति र महिनाको अन्तिममा पर्ने दिन मसान्त मुख्य हुन् बाँकि सबै चन्द्रमास अनुसारको तिथि अनुसार पर्छन्।

क ) हरेक गते र बार २४ घन्टाका हुन्छन, बारको नाम ज्योतिष शास्त्र अनुसार सात ग्रहका नामबाट आइतबार सोमबार मंगलवार आदि राखिएका छन्।

ख ) सौर्य मास अनुसार पर्ने महिना बैशाख जेठ आदि , गते र बार बढ्ने वा हराउने तथा दिन २४ घण्टा भन्दा बढि हुने कहिल्यै हुँदैन।

ग) तर चन्द्रमास कहिले काही पुरै महिना गायब हुन्छ, जसलाई क्षय-मास भनिन्छ, अतिरिक्त थपियो भने मलमास पर्छ।
घ ) सबै तिथि २४ घन्टाको हुँदैनन्, तिथिहरू साधारणतया १९ देखि २६ घन्टाका हुन्छन् तर दिन २४ घण्टाको हुन्छ।
त्यसैले तिथि कुनैबेला पनि सुरु हुन सक्छ, कहिले बिहान, कहिले बेलुकी, कहिले दिउँसो, कहिले रातमा सुरु हुन सक्छ । त्यसैले जुन स्थानमा सुर्यदय हुदाँ तिथि रहन्छ तै दिन मान्य हुन्छ।

ङ) सुर्य र चन्द्र ग्रहण ठाउँ अनुसार छुट्टा छुट्टै समयमा देखिए जस्तै तिथि साइत र लगन पनि आफु बस्ने वा पर्व मनाइने स्थानअनुसार छुट्टा छुट्टै निकाल्नु पर्छ ।

त्यसैले पंचांग निर्माता तथा निर्णायक समितिले नेपालको लागी बनेको पात्रो नेपाललाइ मात्र हो र यो बिदेशमा प्रयोग गर्न मिल्दैन भनेर निर्णय गरेको छ ।

त्यसैले पंचांग निर्माता तथा निर्णायक समितिले नेपालको लागी बनेको पात्रो नेपाललाइ मात्र हो र यो बिदेशमा प्रयोग गर्न मिल्दैन भनेर निर्णय गरेको छ ।हाम्रा संस्कार र परम्परागत मान्यताहरु बिश्वब्यापी रुपमा बिज्ञान सम्मत हुन सकोस भनेर अमेरिका लगायत अरु देशहरुको लागि अन्तर्राष्ट्रीय पंचांग ले छुट्टा छुट्टै पंचांग(पात्रो) बनाएको छ।

अब त्यो पात्रो(पन्चान्ग) उपलब्ध गरी आफ्नो आफ्नो संस्कार र परम्परालाई ध्यानमा राखेर विधि र ज्योतिष बिज्ञान सम्मत तरिकाले विदेशमा रमाइलोसँग एकताबद्ध भई नेपाली श्राद्ध तिथी र चाडपर्व मनाउने जिम्मा – तपाई हामी विदेशमा बस्ने नेपालीहरूको।

त्यसै गरी सम्बन्धित ज्योतिष बिज्ञहरुको सभा गोष्ठी राखेर जनमानसमा चेतना फैलाई एकरुपता ल्याउने दायित्व, नेपाल बाहिरका नेपाली समाजका संघ, संथा र सामाजिक अभियन्ताहरुको।

ता कि, हाम्रो भावी पुस्ताले बैज्ञानिक आधारको मान्यतामा संसारभरी मनोरंजन पुर्ण तवरले आफ्नो चाडपर्व मनाउंदै शिर ठाडो राखी आफ्नो सनातन परम्परालाइ युगौं युग अक्षुन्न राख्न सकुन।


…………इति श्री।

सबैमा बडा दशैं तथा बिजया दशमीको हार्दिक मंगलमय शुभ-कामना !!!!

चित्रमा देखाइएको विवरण:

१ सूर्य – जसलाई स्थिर र केन्द्रबिन्दु मानेर खगोल शास्त्र र ज्योतिष शास्त्रआनुसार समय मापन गरिन्छ ।
२ चन्द्रमाको कला (दशमी तिथि) जम्मा २१ घण्टा ३८ मिनेट छ ।
३ पृथ्वी एकचोटी घुम्दा दिन र रात गरेर २४ घण्टा हुन्छ ।

दशमी न्युयोर्क (अमेरिका) मा सोमबार बिहान दशमी सुरु हुन्छ ।

काठमाण्डौमा सोमबार बेलुकी दशमी सुरु भएपनि भोलिपल्ट मङ्गलबार सुर्योदय पछिको दशमी मान्य हुने र मङ्गलबार दशमी मनाइँदैछ ।
४ चन्द्रमाको पृथ्वीलाई घुम्ने वृत जसले २७-२८ दिन लगाएर २७ नक्षत्र पुरा गर्छ ।
५ पृथ्वीले सूर्यलाई १ वर्ष लगाएर घुम्ने वृत ।

लेखक शिव नेपाल अमेरिकी सरकारी संस्थाका वरिष्ठ कम्प्युटर अटोमेसन इन्जीनियर हुन् ।

सामाजिक संजाल मेटा (फेसबुक)बाट साभार :https://www.facebook.com/shiva.h.nepal/posts/pfbid02EGqtgDaastDQr7f82WmcvMPZfvPUXBWXXcpFEkyY1pf332W9RQwAJvLpX8d9cV5Nl

प्रतिक्रिया