इराक र सिरियामा इरान समर्थित नागरिक सैन्य (मिलिशिया)ले अमेरिकी सेनालाई ८ पटक आक्रमण

इनेप्लिज २०८० कार्तिक २१ गते १:४३ मा प्रकाशित

इराक र सिरियामा इरान समर्थित नागरिक सैन्य (मिलिशिया)ले अमेरिकी सेनालाई ८ पटक आक्रमण गरेको सिएनएनले जनाएको छ ।

इराक र सिरियामा अमेरिकी सेनाले इरानी समर्थित समूहहरूको तीव्र आक्रमणको सामना गरिरहेको बेला शुक्रबार बिहान देखि अमेरिकी सेनालाई एकतर्फी रुपमा मानवरहित यान (ड्रोन) र प्रक्षेपास्त्रहरूद्वारा थप आठ पटक आक्रमण गरिएको छ ।

सिएनएनका अनुसार नयाँ घटनाहरू क्रमस एउटा शुक्रबार दिउँसो, अर्को शनिबार, अर्को पाँच वटा आइतबार र एउटा सोमबार बिहान ती दुई राष्ट्रहरूमा अमेरिकी र गठबन्धन सेनाहरूमा कूल ३८ वटा आक्रमणहरू भएका छन् ।

इजरायल र हमास बीचको रक्तपातपूर्ण युद्ध भै रहेको अवस्थामा अक्टोबर १७ देखि उक्त आक्रमण गरिएको हो ।

“इरानको लामो समयको रणनीतिक उद्देश्य, अक्टोबर ७ भन्दा पहिले अमेरिकी सेनालाई यस क्षेत्रबाट फिर्ता हुन बाध्य पार्नु थियो,” एक वरिष्ठ रक्षा अधिकारीले गत अक्टोबर ३० मा भने। “हामीले यस क्षेत्रमा दशौं हजार अमेरिकी सेनाहरू राखेका छौं। हामीले हाम्रो वायु रक्षा स्थिति बढाएका छौं। तीमध्ये अधिकांश आक्रमणहरू असफल भएका छन्। तर इरानको रणनीतिक उद्देश्य परिवर्तन भएको छैन।

दर्जनौं आक्रमणहरू मुख्यतया अल-असद हवाई अड्डा (एयरबेस), इराक, र अल-तान्फ ग्यारिसन, सिरियामा अमेरिकी र गठबन्धन सेनाहरूमा केन्द्रित छन् ।

प्रतिक्रिया