युरोपेली संघले गाजालाई थप सहायता स्वरुप २५ यूरो (२७मिलियन डलर) को सहायता प्रदान गर्ने भएको छ ।
युरोपेली संघले गाजालाई २५ मिलियन यूरो (२७ मिलियन डलर) को सहायता प्रदान गर्ने ईयू आयोगका प्रमुख उर्सुला भोन डर लेयनले बताईन।
भोन डर लेयनले सोमबार ब्रसेल्समा ईयू राजदूतहरूलाई सम्बोधन गर्ने क्रममा गाजाको वर्तमान अवस्था “डरलाग्दो” भएको बताईन ।
“आज हामी गाजामा मानवीय सहायतालाई थप २५ मिलियन यूरोले बढाउँदैछौं। यसो गर्दा, युरोपेली संघले गाजाका नागरिकहरूको लागि मानवीय सहायतामा कुल १०० मिलियन यूरो खर्च गर्नेछ,” उनले भनिन्।
गुटले इजरायल, इजिप्ट र संयुक्त राष्ट्रसँग मिलेर गाजामा थप सहायता पुर्याउनको लागि काम गरिरहेको भोन डर लेयनले थपे।
प्रतिक्रिया