समाजमा महिलाको स्थान र नेपालका युवाको सोच !

शशी केसी २०८० कार्तिक २० गते ४:५३ मा प्रकाशित

समय बदलियो । हामी पनि समयसँगै बदलिंदै जाँदैछौं । बदलिनु पनि पर्छ । तर नेपालका पुरूषप्रधान समाजमा हुर्केका युवाहरूको महिलाहरूलाई हेर्ने सोच त एकथोपा पनि पटक्कै बदलिएको नैपो रहेनछ । ओहो, महिलाले कहिलेसम्म बाँच्नु पर्ने हो त्यस्तो निष्ठुरी समाजमा ! उकुसमुकुसबातावरण जताततै अझै उस्तै रहेछ ।

केही बर्षदेखि म विदेशमा बसेपनि फुर्सद निकालेर समसामयिक बिषयमा आफुलाई लागेको विचारलेखिहाल्छु । यी बिषयहरूको बारेमा धेरै कुरा त आजकल सोसलमिडियाबाट तुरून्तै थाहा भई पनिहाल्छ ।

केही महिना अगाडी नेपाली फिल्मको हिरो अनमोल केसीलाई पुलिसले समातेको खबर आयो ।सबैले आआफ्नो धारणा राखे । तेही बिषयमा धारणा राख्ने क्रममा अर्को हिरो प्रदिप खड्कालेलेखेको धारणामा निक्कै विवाद आयो । पछि उनले आफुले राखेको सामग्री फेसबुकबाट हटाए । तरउनले जे लेखेका थिए त्यो चाहीं महिलाहरूलाई निक्कै होच्याएर लेखिएको थियो । मैले पनि पढेकोथिंए ।

सबैभन्दा पहिलो कुरा त अनमोल केसी र निर्माता बिचको पैसाको लेनदेनको कुरा थियो । के सोचेरप्रदिप खड्काले महिलाहरूको बारेमा होच्याएर तेतीसम्म लेख्न सके । तेत्रो युवा पुस्ताको राम्रो हिरोभनेर कहलिएको, तर तिनको महिला प्रतिको सोच कति तल्लो स्तरको ?

अहिले फेरी केही दिनदेखि हाँस्य कलाकार मनोज गजुरेलको छोरा र उनको पूर्व पत्नी यानी त्योछोरालाई जन्म दिने आमाको बारेमा चर्चाले सोसल मिडिया तातेको छ ।

एकथरीले अर्काको बिषयमा किन लेख्ने/ बोल्ने भन्ने गरेको देखिन्छ । ठिक हो , उनीहरूको संम्बन्धबिग्रनु वा सुध्रनु उनीहरूको परिवारको कुरा होला । तर संसारलाई थाहा हुने गरि छत्ताछुल्ल पार्ने कामकस्ले गरिरहेका छन् त ? तिनीहरूले नै हैन त ?

समाजमा बसेपछि , समाजलाई नै असर पार्ने गरेर कुरा निक्लेपछि मनमा लागेको केही नलेखित बस्नैसकिन् । सबैका परिवार छन् । सबैका घरघरमा संतान छोराछोरीहरू पनि छन् ।

तेत्रो समाजमा चिनिएका हांस्य कलाकार, कलाकार भनेको देशको गहना भनिन्छ । जसरी हुन्छ, घरकोविवाद मिलाउनु पर्ने नै देखियो ।

धेरैले भने जस्तै, अरू आमा असल तर उनीमात्र खराब हो भने उनले जन्माएको छोरा चाहीं के नी ? अनिती बृद्धाआश्रममा रहेका आमाहरू नी ? ती कस्ता रे त ? के छ जवाफ पुरूषप्रधान नेपाली समाजको ?

छक्क पर्छु , झन् अहिलेका युवा पुस्ता , संसार देखेका , सुनेका र घुमेका पनि तर यिनीहरूको महिलाप्रति हेर्ने सोच त उहिले केही नपढेका बाजे बराजु पुस्ताका पुरूषहरू भन्दा पनि धेरै नै गएगुज्रेको पोरहेछ जस्तो लाग्यो । आफुलाई जन्म दिने आमालाई तेस्तरी पव्लिकमा मनपरी भन्ने र गीत नैबनाउनेले, विवाह पछि श्रीमती, भविष्यमा जन्मिने छोरीहरूलाई के गर्ने होलान् ?

साँच्चै भन्ने हो भने यतिखेर नेपाली समाजमा घरघरमा नैतिकशिक्षाको पाठ पढाउनु पर्ने देखिन्छ।

कता जाँदैछ नेपाली समाज , कता जाँदैछ युवा पुस्ता !

शशी केसी

प्रतिक्रिया