“कबिनविक्रम शाह सारा नेपालीको लागि उदाहरण बन्न सकुन्” “

ईनेप्लिज सम्वाददाता २०८० कार्तिक १६ गते २२:२७ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा जन्मेका कबिनविक्रम शाहले नेपाल र नेपालीलाई सार्है माया गर्छन् ।

हरेक बर्षको एकपटक उनकी आमासङ्ग उनी नेपाल जान्छन् , नेपालमा सर्वप्रथम त उनी मठ- मन्दिरको दर्शन गर्छन् । भगवान श्री पशुपतिनाथको दर्शन गर्दा सबैभन्दा आनन्ददायी अनुभव भएको खुसी व्यक्त गर्छन् ।

उनलाई नेपालको बारेमा जति उनका मातापितालाई ज्ञान छ त्यतिकै ऊनीमा पनि ज्ञान छ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिब्य उपदेशमा भएको दुई ढुङ्गा बीचको तरुल जस्तो देश नेपालले परराष्ट्र नीति सोही बमोजिम सन्चालन गर्नुपर्ने कबिनविक्रम शाहको सोच छ।

अमेरिकाको जस्तै किसिमले आधुनिक बिकास गर्न सके नेपाल अति नै सुन्दर हुने कुरा व्यक्त गर्छन् ।

मानव बिकासमा राज्यले ध्यान दिनुपर्ने कुरा व्यक्त गर्छन् ।

उनले नेपालको बिषयमा धेरै कविताहरु लेखेका छन् ।

नेपाल जाँदा दिनदु:खी असहाय , टुहुरा बालबालिका देख्दा उनको मन रुन्छ र तिनीहरूलाई सहयोग गर्न पाउँदा रमाउँछन्।

अन्तिममा सानैदेखि अध्ययनमा तीक्ष्ण स्वभाव भएका उनी आठ कक्षासम्म अध्ययन गरिरहँदा 4 .0 अंक प्राप्त गर्ने गरेका छन् । हरसाल Student of the Year हुने गर्छन् ।

अन्तिममा नेपाली समाजको कार्यक्रममा जान रुचाउँछन् नेपाल र नेपालीलाई धेरै माया गर्ने कबिन विक्रम शाहको मनपर्ने पोशाक दौरा सुरुवाल र नेपाली ढाकाटोपी हो। नेपाली खाना मन पराउने, नेपाली भाषा शुद्ध बोल्ने कबिन विक्रम शाह अमेरिकामा जन्मे पनि माता पिताको देशको परिचय दिन र नेपालीको वंशज भन्नमा गर्व गर्छन् ।

उनको भविष्य उज्ज्वल रहोस् ।

भगवान सङ्ग प्रार्थना छ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला:

https://www.tiktok.com/@prasaikamala1/video/7296662582419574059?_d=secCgYIASAHKAESPgo8HczBj6lzfKzGtuawa%2FgGFzfxPTGCORnLxqcUXqmdlMd3WCtSqkD9uBcDOmmC11LJOOxhIbxEOGRh8sNFGgA%3D&_r=1&aweme_type=150&checksum=f920851275936e79517fd471e695004efa6127d122da1ed27838fca2e174d657&pic_cnt=1&preview_pb=0&sec_user_id=MS4wLjABAAAAfFATtXJEB__wllxJkcxt2LlSCG_nOGu2BwWJGGx1U89niTeh8Ogp50JhKNcO1gXI&share_app_id=1233&share_item_id=7296662582419574059&share_link_id=467e43c1-8d01-4f0e-bac0-88be756c8682&sharer_language=en&social_share_type=0&source=h5_m&timestamp=1698888105&u_code=d9f90j7kbbllel&ug_btm=b8727%2Cb2878&ugbiz_name=UNKNOWN&user_id=6764370824809251845&utm_campaign=client_share&utm_medium=android&utm_source=messenger

प्रतिक्रिया