इजरायल रक्षा बल (डिफेन्स फोर्स -आईडीएफ) ले बुधवार अक्टोबर ७ मा युद्ध सुरु भएदेखि “गाजा पट्टीमा आतंकवादी संगठनहरूसँग सम्बन्धित ११,००० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरेको छ जनाएको छ ।
यो युद्धको पहिलो २५ दिनको लागि प्रति दिन ४४० भन्दा बढी प्रहारहरूको औसत हो।
मङ्गलबार उत्तरी गाजाको घना जनसंख्या भएको जबल्या शरणार्थी शिविरमा हमास सेनापति (कमाण्डर)लाई लक्षित गरी इजरायली हमलाले ठूलो संख्यामा मानिसहरूको ज्यान लिएको सिएनएनले जनाएको छ ।
बुधवार इजरायलले आफ्नो वक्तब्यमा आइडिएफको संयुक्त सेनाले मंगलबार राति गाजा भूभागमा धेरै आतंककारी लक्ष्यहरू प्रहार गरेको जसमा परिचालन केन्द्रहरू र हमास चौकीहरू समावेश रहेको जनाएको छ ।
हमासका अन्य धेरै आतंककारीहरू” आक्रमणमा मारिएको बताएको छ । यद्यपि हमासले शरणार्थी शिविरमा आफ्ना नेताहरूको उपस्थितिलाई कडा रूपमा अस्वीकार गरेको छ। लडाकु समूहका प्रवक्ता हाजेम कासिमले इजरायललाई “जबाल्या शिविरमा सुरक्षित नागरिक, बालबालिका र महिलाहरू विरुद्धको जघन्य अपराध” भनेर वर्णन गरेको कुरालाई जायज ठहराउने प्रयास गरेको आरोप लगाए।
रमल्लाहमा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार चलिरहेको युद्धको क्रममा गाजामा ८,४००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
प्रतिक्रिया