करिब ४०० अमेरिकीहरू र उनीहरूका परिवारका सदस्यहरू गाजामा फसेका छन : , अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन

इनेप्लिज २०८० कार्तिक १४ गते १६:५४ मा प्रकाशित

लगभग ४०० अमेरिकी नागरिक र तिनीहरूका परिवारका सदस्यहरू समेत कूल १,००० जना गाजामा फसेका र उनिहरु त्यहाबाट छोड्न खोजिरहेको अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले मंगलबार सिनेट विनियोजन समितिको सुनुवाईमा भने । उनी र विदेश विभाग यसमा गहन रूपमा केन्द्रित रहेको बताए ।

“हामी गाजामा फसेका अमेरिकीहरूसँग नजिकको सञ्चारमा छौं, हामीसँग लगभग ५,५०० संचारहरू छन् जुन हामीले प्रारम्भ गरेका छौं , उनले भने ।

उनले दुरवार्ता(फोन कल), बिधुतिय डाक(इमेल), व्हाट्सएप र अन्य सॅचार माध्यमबाट उनिहरुले सॅचार( कम्युनिक्सन) गरेका प्राप्त गरेका छौ ।

गाजामा लगभग ५,०००  अन्य तेस्रो-देशका नागरिकहरू छन् जो पनि बाहिर निस्कन चाहन्छन्, ब्लिन्केनले भने।

प्रतिक्रिया