इजरायली कूटनीतिज्ञले हमासद्वारा रिहा भएका किशोरी आमासंगै अमेरिकाको शिकागो घर फर्केकी छन् ।
शिकागो क्षेत्रकी किशोरी नताली रानान जो शुक्रबार हमासको बन्दीबाट आफ्नी आमासँगै रिहा भएकी थिइन् । उनीहरु आफ्नो शिकागो घर फर्किएको मध्यपश्चिमका लागि इजरायलका बाणिज्यदूतावासका यिनम कोहेनले सोमबार साँझ बताए ।
“नताली रानान शिकागोमा घर फर्किदा मैले राहत पाएको छु। उनको परिवारका सदस्यहरू उनको फर्कने प्रतिक्षामा छन्, र आज म उनीहरूको खुशी बाँडिरहेको छु,” कोहेनले सामाजिक संजालमा प्रकाशन गर्दै उक्त टिप्पणी गरेका हुन् ।
उनीहरूको परिवारका अनुसार उनीहरु दक्षिणी इजरायलको नहल ओज, खेती समुदायमा आफन्तहरूलाई भेट्न गएका थिए । त्यो समयमा उनीहरूलाई हमासको घातक हमलाको बेला बन्धक बनाइएको थियो ।
सिएनएनले रानानको परिवारलाई सम्पर्क गरेको समाचारमा लेखेको छ ।
प्रतिक्रिया