न्यायाधीशद्वारा ग्याग आदेश उल्लङ्घन गरेकोमा ट्रम्पलाई १०,००० डलर जरिवाना

इनेप्लिज २०८० कार्तिक ८ गते १९:१५ मा प्रकाशित

ट्रम्पले छोटकरीमा साक्षीको भूमिका निर्वाह गर्दै आफ्नो हात उठाए र आफ्नो नाम, “डोनाल्ड जोन ट्रम्प, न्यूयोर्क।” भने ।

एन्गोरोनले ट्रम्पलाई सोधे, ” तपाईले के भन्नुभयो, ‘यो न्यायाधीश एकदमै पक्षपातपूर्ण न्यायाधीश हो र तपाईसँगै बसेको व्यक्ति धेरै पक्षपातपूर्ण छ?'”

ट्रम्पले “हो” भन्ने जवाफ दिए, तर उनले साक्षीको कुर्सीमा न्यायाधीशको छेउमा बसेका माइकल कोहेनलाई संकेत गर्दै भने ।

“तपाई पक्का हुनुहुन्छ कि तपाईले अर्को पक्षको व्यक्तिलाई भन्नु भएन?” एन्गोरोनले आफ्नो कानून सहायकलाई उल्लेख गर्दै सोधे, जसलाई ट्रम्पले पहिले सामाजिक सञ्जाल प्रकाशनमा अपमान गरेका थिए । न्यायाधीशले त्यो प्रकाशन हटाउन उनलाई आदेश दिएका थिए भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

“हो म पक्का छु,” ट्रम्पले जवाफ दिए। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्रकाशन (पोस्ट) “सायद अनुचित” भएको स्वीकार गरे तर उनले अगाडी भने “उनी धेरै अनुचित छिन्।”

प्रतिक्रिया