नेपालमा आज विजयादशमी ;तिथिअनुसार अमेरिकामा केही नेपालीले सोमबारको साईतमै टीका लगाए,धेरैले मंगलबार मात्रै लगाउने

इनेप्लिज २०८० कार्तिक ७ गते ०:५६ मा प्रकाशित

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज नेपालमा विजयादशमी मनाइदै छ । अमेरिकामा अक्टोबर २३ सोमबार राती पर्ने भएकोले भोली बिहान अर्थात् अक्टोबर २४ तारिख मंगलबारको दिन दशैँ मनाइदैछ । नेपालमा आजको दिनलाई दशैँको सबैभन्दा मुख्य दिन मानिन्छ।

मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ भने अमेरिकामा भोली यसरी नै मनाइने छ । नेपालमा आज ११ बजेर ०२ मिनेटको लागि विशेष साइत रहेको बताइएको छ। तर, आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिन्छ भनिएको छ । त्यसैले अमेरिकामा पनि त्यसै गरि मनाइने तयारीमा नेपाली समुदाय रहेका छन् । तर अमेरिकामा नेपालीहरुले आजै सोमबार अर्थात् नेपालभन्दा अगाडी नै टीका लगाएका छन् ।

यस बिषयमा निकै सामाजिक संजालमा कहिले लगाउने भन्ने बहस भै रहेको छ । आ-आफ्ना तर्क बितर्क पेश गरेका छन् । अक्टोबर २३ सोमबारकै दिन दिन टीका लगाएको तस्बिरहरु सामाजिक संजालमा राख्न थालेका छन् ।

तिथिअनुसार अमेरिकामा केही नेपालीले आजको साईतमै टीका लगाए भने धेरैले भोलि मात्रै लगाउने छन् ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले नेपालमा आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । नेपालमा आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

अमेरिकामा भोली अक्टोबर २४ तारिख मंगलबार कामको दिन परेकोले छुट्टि नमिल्ने र बिदा स्वीकृत नहुनेहरु कामबाट आए पछि साँझ पख लगाउने छन । नेपालमा आज मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद लिने चलन छ। साथै, घटस्थापनाको दिन राखिएको जमरा लगाइदिने चलन छ। तर अमेरिकामा दशैको बिदा हरेक नेपालीहरुले लिने गर्ने गर्छन । काममा पनि मुख्य चाड भएकोले बिदा स्वीकृत पनि दिने गर्छन ।

तर नगदमा काम गर्ने र बिदा नमिल्ने जागिर भएका र नगई नहुनेको लागि समय मिलाएर आफ्ना परिवारलाई र आफु आफूले मान्नेहरुका गै टीका ग्रहण गर्ने पनि गरिन्छ ।

घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा आजकै दिन विसर्जन गरेपछि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन छ।

विजयादशमीमा टीका लगाइदिँदा पुरुषलाई यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

यसैगरी महिलालाई यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ –

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

तस्बिर कृतज्ञता : पण्डित राजेन्द्र खनाल सामाजिक संजाल

प्रतिक्रिया