इजरायली रक्षा बलले गाजा युद्धभूमि कारवाही संचालन (ग्राउण्ड अपरेशन)को तयारी गरिरहेको समयमा एक इजरायली सिपाहीको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएको सेनाले जनाएको छ ।
गाजा युद्धभूमि कारवाही गाजाको तयारीको क्रममा एक इजरायली रक्षा बलका सिपाहीको मृत्यु भएको छ र अन्य तीन जना घाइते भएका छन्, इजरायली रक्षा बलका प्रवक्ताले आइतबार भने।
गाजा भुभाग नजिकैको किबुट्ज किसुफिम क्षेत्रमा आज आक्रमण गरिएको प्रवक्ता डेनियल हगारीले एक अङ्कियदृश्य (भिडियो )भने। हगारीका अनुसार एक इजरायली रक्षा बल बख्तरबन्द गाडी (आईडीएफ ट्याङ्की) र इन्जिनियरिङ (अभियन्त्रणा)गाडीतर्फ प्रहार गरिएको बख्तरबन्द बिरुद्ध मार हान्ने क्षेप्यास्त्र (एन्टी-ट्याङ्क मिसाइल)ले एक सिपाहीको ज्यान गएको उनले बताए ।
एक जनालाई निकै चोटपटक लागेको छ भने र दुईजना अन्यलाई सामान्य चोट लागेको छ।
इजरायली सेनाले “आतंकवादी पूर्वाधार ध्वस्त पार्ने, आतंककारीहरूको क्षेत्र, हतियार खाली गर्ने र बेपत्ता व्यक्तिहरू र शवहरू फेला पार्ने” प्रयास गरिरहेको आइडिएफले यो आक्रमण गाजा भूमिगत कारवाहीको तयारीको हिस्सा भएको बताएको छ।
इजरायली रक्षा बल(आइडीएफ)का अनुसार मारिएका र घाइते सैनिकहरूको परिवारलाई सूचित गरिएको छ।
प्रतिक्रिया