गाजामा मानवीय संकट गहिरिएसँगै हमासले बन्धक बनाएका अमेरिकी आमा र छोरी रिहा भएका छन् ।
इजरायलमा घातक हमला र करिब २०० व्यक्तिलाई अपहरण गरेको झण्डै दुई हप्तापछि हमासले शुक्रबार दुई अमेरिकी बन्धक जुडिथ ताई रानान र उनकी १७ वर्षीया छोरी नताली रानानलाई रिहा गरेको छ।
अमेरिकी नागरिकहरूलाई गाजाको सिमानामा हस्तान्तरण गरिएको छ । अब उनीहरू इजरायल रक्षा बलको हेरचाहमा रहेको आईडिएफ प्रवक्ता ड्यानियल हगारीले शुक्रबार भने। इजरायलका प्रधानमन्त्रीको कार्यालयका अनुसार उनीहरू हाल परिवारसँग पुनर्मिलन गर्न इजरायली सैन्य आधारमा जाँदैछन्।
रानानहरू अमेरिकाको शिकागोका हुन् र उनीहरू दक्षिणी इजरायलको नहल ओज नामक किसान समुदायमा आफन्तहरूलाई भेट्न गएका थिए, जब उनीहरूलाई अक्टोबर ७ मा बन्धक बनाइएको उनीहरूको परिवारले बताए ।
इजरायली अधिकारीहरूका अनुसार हमासका लडाकूहरूले आक्रमणको क्रममा सर्वसाधारण र सैनिकहरू सहित १,४०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए। यो इजरायलको ७५ वर्षको इतिहासमा आतंकवादीहरूले गरेको सबैभन्दा घातक हमला थियो भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली हवाई आक्रमणमा ४,१०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
शुक्रबार रिहा गरिएका बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो।
प्रतिक्रिया