गैरआवासीय नेपाली संघको अध्यक्षमा निर्वाचनको नतिजामा चरम विवादको बाबजुद अहिलेलाई बद्रि केसी निर्वाचित भएका छन् । तर नेपालीहरु चन्द्रमा पुगे पनि सुध्रिदैनन भन्ने उखान काठमाडौँको सोल्टी होटल (अतिथि गृह)मा एनआरएनएहरुको हर्कत बिश्वले देखेको छ । अब संसार भरिका मानिसले एनआरएनए को गतिबिधि छर्लंग देखे ।
सामाजिक संजालमा त्यहाँका दृश्यहरु छ्त्ताछुल्ल भएका छन् । गरिमा र नेपालीहरुको सान भनाउदो यो संस्थाले आफ्नो सच्चा रुप प्रदर्शित गरेको छ । यो जस्तो घिनलाग्दो कही नभएको जात्रा हाडी गाउँमा भने झैँ एनआरएनए संस्थाको छबि कहिले उच्च नहुने गरि भुमरीमा फसेको छ । अब भासिएको भासिने पक्का भएको छ । एनआरएनएलाई अर्को धब्बा लागेको छ ।
यो षडयन्त्र र नियोजित हर्कत र खुलेआम धाधली देख्दा राम कुमारी झाक्रीका भनाईलाई बिश्वब्यापीरुपमा कर्तलध्वनिले स्वागत गरिएको छ । त्यसै झाक्रीले एनआरएनए भनाउदालाई त्यसै भनेकी हैनन रहेछ भन्ने पुष्टि भएको छ ।
काठमाडौँमा दिउदै रात पर्ने कोसिस गरि खुल्लम खुला रुपमा स्वयम उम्मेदवार भएका अमेरिकाका चिकित्सक (डा )केशब पौडेलले आफूले खुद हालेको मत पनि गायव गरि सुन्य देखाई उनलाई लज्जाजनक पराजित गरिएको छ । उनलाई थुप्रै उम्मेदवार र त्यहाँ पुगेका थुप्रैले मत हालेका थिए ।
उनि पनि महा विवादित व्यक्ति मध्ये कै एक हुन् । उनले नेपालबाट सुन्य मत आए पछि उनको कन्सिरी तात्यो र उनले त्यहाँ भण्डाफोर गरे । यो निर्वाचन परिणामलाई कुनै पनि हालतमा मानिने छैन भनि आह्वान गरेका छन् । उनले यो हर्कतले आफू लज्जित भएको बताए र एनआरएनए माफियाले चलाउने र यो सिण्डीकेट तोड्नु पर्ने बताए । मैले सुन्य मत पाएकोमा आश्चर्यमा परेको बताए ।
गैरआवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी जापानका महेशकुमार श्रेष्ठले पनि यो नतिजा कुनै पनि हालतमा मान्य नहुने,समिति तुरुन्तै बिघटन गर्नु पर्ने ,अर्को निर्वाचन गराउन जोडदार माग गरेका छन् । उनले यो गतिबिधिको अनुसन्धान हुने पर्ने आह्वान गरे ।
यस्तै गरि अर्का प्रत्यासी आर के शर्माले पनि नतिजा स्वीकार्य नहुने बताए । उनले आज देखि कोही पनि यो संस्थामा अध्यक्ष नहुने घोषणा गरे । उनले परराष्ट्र मन्त्रालयलाई बोलाउनु पर्ने मांग सहित साइबर क्राइम ( संजाल अपराध)मा पहिले देखिको खोजबिन गर्नु पर्ने र यो सिण्डीकेटलाई तोड्न सहभागी हुने सबैलाई उनले धन्यवाद दिए । यो सबैको सांझा र आज देखि यो भत्किएको बताए ।
यसै गरि अमेरिकाका महासचिवका उम्मेदवार बुद्धि सुबेदीले यो सुनियोजित हो र यो कसले गरेको हो र त्यसलाई नेपाल सरकार मार्फत साइबर क्राइम( संजाल अपराध)मार्फत कारवाई गरेर यो समिति बिघटन गर्नु पर्ने जोडदार माग गरे।
गैरआवासीय नेपाली संघको २०२३–२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापाले अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पछि श्रेष्ठले बिजयी हासिल गर्ने सम्भावना देखिएको भएता पनि यो षडयन्त्रको शिकार भए पछि श्रेष्ठ निल्ल परेका छन् । आस्चर्य चकित भएका छन् किनभने उनि स्वयम् पदाधिकारी पनि हुन् ।
पाप धुरीबाट कराउछ भन्ने नेपाली उखान निर्वाचनको नतिजाले स्पष्ट देखाएको छ । परिणाममा अत्यन्तै गम्भीर त्रुटि देखिएको छ र चोरी गरेको स्पष्ट देखिएको छ ।
एनआरएनएले भेरो नामक संस्था मार्फत निर्वाचन गराएको हो भने मैदानमा रहेका उम्मेदवारको परिणाममा जोड्दा जोड नमिलेको प्रष्ट देखिएको छ ।
नतिजा अनुसार अध्यक्षका उम्मेदवार बद्री केसीले नतिजा अनुसार जितेको देखिन्छ। उनले १३ सय ७८ मत पाएको भेरोले देखाएको छ।
त्यस्तै द्वितीय स्थानमा रहेका अध्यक्षका प्रत्यासी आरके शर्माले १,२८१ मत र अर्का अध्यक्षका प्रत्याशी महेश श्रेष्ठले १,२२५ मत पाएका छन्। उम्मेदवारी फिर्ता लिई महेश श्रेष्ठलाई समर्थन गरेकी रवीना थापाले ४७ मत ल्याएकी छिन्।
नतिजामा महागल्ती देखिएको छ । क्षेत्रगत रूपमा पाएको मत र कूल मतको जोड मिलेको देखिदैन । निर्वाचित देखाईएको बद्री केसीको १,५५५ हुन आउँछ। तर भेरोले १,३७८ मत देखाएको छ।
यसैगरी अर्को त्रुटी महेश श्रेष्ठमा पनि देखिएको छ । उनको मत १,३९२ हुन्छ। मेरोले उनलाई १,२२५ मत देखाईदिएको छ। त्यसै जित्ने उम्मेदवार रहेका आरकेशर्माको १,४३८ हुन्छ तर भेरोले १,२८१ देखाएको छ।
महेश श्रेष्ठलाई समर्थन गर्दै अध्यक्षको प्रस्तिस्प्रद्धा छोडेकी रवीनाको कुल मत ४२ पाएकी छन् तर भेरोले उनको ४७ मत देखाएको छ।
स्मरण रहोस ,एनआरएनएको कुल मतदाता ४,१९२ रहेका छन् तर अध्यक्षका सबै उम्मेदवार र कतै मत नहालेका जोड्दा ४,४४६ हुन आउँछ। आज भएको शंकास्पद नतिजामा ३०४ भन्दा बढी खसेको देखिएको छ ।
यसको मतलव धाधली र षडयन्त्र सरासर भएको देखिन्छ । त्यत्रो विश्वसनीय भेरो यहा चुकेको छ । त्यहाँ उपस्थित उम्मेदवार तथा मतदाताले सिधै यो निर्वाचित भनिएको समिति बिघठन हुनु पर्ने ,निर्वाचित समिति बिघटन गर्नु पर्ने ,कारवाही गर्नु पर्ने ,क्षतिपूर्ति दिनु पर्ने समेत माँग राखेका छन् ।
प्रतिक्रिया