नेकांका कार्की मुख्यमन्त्री नियुक्ति लागि ४७ सदस्यहरु सहित उपस्थित

इनेप्लिज २०८० असोज २६ गते १६:३१ मा प्रकाशित

विराटनगर, २६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका केदार कार्कीले ४७ जना प्रदेश सभा सदस्यहरुका साथ प्रदेश प्रमुखको कार्यालयमा आज उपस्थित हुनु भएको छ।

मुख्यमन्त्रीका दावेदार कार्कीले नेकां कोशी प्रदेश सभा सदस्य इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोबिन्द गिरी, सुनिताकुमारी गुरुङ्ग, रामकुमार खत्री र मानबहादुर लिम्बू सहित नेकपा एमाले तर्फका ३९ जना सदस्यहरुको हस्ताक्षर सहित उपस्थित हुनु भएको छ।

प्रतिक्रिया