विराटनगर,१७ असोज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकारलाई सबै राजनीतिक दलहरुले समर्थन गर्नु पर्ने बताउनु भएको छ।
विराटनर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकोले त्यसतर्फ सबै राजनीतिक दलहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष ओलीले प्रदेश मध्यावधि निर्वाचनमा जानु भनेको अनावश्यक, अस्थिरता, खर्चालु भएको बताउँदै निर्वाचन भएमा अन्य दलको सिट सङ्ख्या घट्ने र एमालेको थप १५ सिट वृद्धि गर्ने दावी गर्नु भयो ।
मुलुकमा जातिय धार्मिक विद्धेश फैलाउने कार्य गलत भएको चर्चा गर्दै उहाँले यसले राष्ट्र र जनताको हित नगर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले देशमा साप्रदायिक अतिवाद फैलाउनु ज्यादै नराम्रो कार्य भएको चर्चा गर्दै कोही कसैको गलत मनसायलाई नेपालका विविधता युक्त समाजले पुरा हुन नदिने प्रष्ट पार्नु भयो ।
अध्यक्ष ओलीले मुलुकमा हिन्दु राष्ट्र स्थापना संसदको दुई तिहाईबाट मात्र निर्णय हुनेसक्ने बताउनु भयो ।
उहाँले गणतन्त्रका विरुद्ध मुलुकभरिवाट तीन ÷चार हजारको भीड जम्मा गर्नु कुनै ठूलो कुरा नभएको चर्चा त्यो पैसावालाको भीड मात्र भएको प्रष्ट पार्नु भयो ।
अध्यक्ष ओलीले कोशी प्रदेश अधिवेशनवाट निर्वाचित पदाधिकारीहरु गुटउपगुट नभई सम्पूर्ण संस्थागत भएको विचार राख्नु भयो ।
प्रतिक्रिया