अमेरिकी पावरबल चिट्ठा कसैले पनि बाजी मार्न सकेन , सोमबारका भाग्यशालीले बिजेताले १ बिलियन (अर्ब ) डलर हात पार्ने

इनेप्लिज २०८० असोज १४ गते १०:३९ मा प्रकाशित

गत शनिबार राती अमेरिकी पावरबल नामक चिट्ठा खोल्दा कसैलाई नपरे पछि रकम वृद्धिको साथै आगामी सोमबार फेरि खुल्ने भएको छ । गत शनिबार उक्त चिट्ठाको कूल रकम ९२५ मिलियन अर्थात् ९२ करोड डलर पुगेको थियो । शनिबार सबै अङ्क कसैको पनि नमिले पछि अब उक्त पावरबल चिट्ठा बिजेता हुने अबको महाभाग्यशालीले १ बिलियन डलर हात पार्ने भएका छन् ।

गत शनिबार खोलिएको चिट्ठाका अङ्कहरु क्रमस १९ ,३० ,३७,४४ र ४६ सेतो बल (भकुण्डो) तथा २२ अङ्क रातो बल(भकुण्डो) रहेको थियो । कसैले पनि ५ अङ्क
हरु पुरै नमिलाएको कारण अब सोमबार अक्टोबर २ मा खुल्ने छ । र बिजेताले १ अर्ब अर्थात् १ बिलियन डलर प्राप्त गर्ने पावरबल व्यवस्थापनले जनाएको छ ।

व्यवस्थापनका अनुसार उक्त खुलेको चिट्ठामा इन्डियाना र नर्थ क्यारोलाइनाका दुई टिकटले २० /२० लाख डलर र मेरिल्याण्ड, मिशिगन, पेन्सिलभेनिया र फ्लोरिडाका दुई टिकटले १० लाख डलर जनही प्राप्त गरेका छन् ।

यसअघि जुलाई १९ मा ठूलो राशिको चिट्ठा क्यालिफोर्नियामा खरिद गरिएको खरिदकर्ताले सबै पाँचवटा सेतो बल(भकुण्डो) र रातो पावरबल(मुख्य भकुण्डो)मिलाई १.०९ बिलियन (अर्ब )डलर जितेका थिए ।

चिट्ठा विजेताहरूले तत्काल सबै नगद एकमुष्ट वा २९ वर्षमा ३० वार्षिक भुक्तानीहरूमा पैसा लिन सक्छन्। अहिले सम्म कै सबैभन्दा ठूलो चिट्ठा नोभेम्बर २०२२ मा क्यालिफोर्नियाका एक बिजेताले २.०४ बिलियन डलर जितेका थिए ।

पावरबल ४५ राज्यका साथै वाशिंगटन डिसी, पुर्टो रिको र युएस भर्जिन टापुहरूमा समेत खेलिन्छ।

प्रतिक्रिया