मुटु दिवस– विराटनगर

इनेप्लिज २०८० असोज १३ गते १:०० मा प्रकाशित

विराटनगर,१२ असोजः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्व मुटु दिवसको उपलक्ष्यमा आज विहान विराटनगरमा आयोजित सचेतनामुलक प्रभातफेरीमा सहभागी हुनु भएको छ।

मुख्यमन्त्री कार्की नोवेल शिक्षण अस्पताल विराटनगरद्वारा महेन्द्रचोकवाट निकालिएको प्रभातफेरीमा तीनपैनी चोकसम्म चार किलोमिटर हिड्ेर सहभागी हुनु भएको छ।

यसैगरी स्थानीय जेलनमार्क औषधि उद्योगद्वारा कोशी अस्पताल विराटनगरबाट निकालिएको प्रभातफेरीले नगरको मुख्य मुख्य भागको परिक्रमा तीनपैनी चोकमा कोण सभामा परिणत भएको छ।

कोण सभामा कोशी अस्पतालका चिकित्सक डा दिपक सिग्देल, नोवेल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा राजेश नेपाल र औपाधि उद्योगका प्रतिनिधि निरज कर्णले धुम्रपान त्यागी , दैनिक व्यायाम र स्वच्छ खानपानले मुटरोग लाग्नबाट बच्न सकिने बताउनु भएका छन् ।

उहाँले विश्व मुट महासंघको प्रतिवेदन अनुसार सन् २०१९ मा मृत्यु हुने मध्ये ८५ प्रतिशत मृत्यु दृदयघात र स्ट्रोकको कारण भएकोले समयमा आफ्नो मुटको जाँच गरी औषधि सेवन गरेमा अकाल मृत्युबाट जोगिन सकिने विचार व्यक्त्त गरेका छन् ।

प्रभातफेरीमा कोशी र नोवेल अस्पतालका चिकित्सा, चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थी एवं सर्वसाधारणको सहभागिता रहेको थियो ।–––

प्रतिक्रिया