न्यूयोर्कको ब्रंक्स स्याहार केन्द्र (डे केयर)मा १ बर्षिय बालकको मृत्यु पछि संचालिकाको फरार पतिलाई मेक्सिकोमा पक्राउ

इनेप्लिज २०८० असोज १० गते १:५५ मा प्रकाशित

न्यूयोर्कको ब्रंक्स स्याहार केन्द्र (डे केयर)मा १ बर्षिय बालकको मृत्यु पछि संचालिकाको फरार पतिलाई मेक्सिकोमा पक्राउ गरिएको छ । यस अघि नै स्याहार केन्द्र (डे केयर)का २ जनालाई हत्याको अभियोग लगाईएको छ ।

फेलिक्स हेरेरा गार्सिया मेक्सिकोमा सिनालोआमा एक यात्रीयान (बस)मा पक्राउ गरिएको हो । उनलाई एक हप्ता भन्दा बढी समय सम्मको व्यापक खोजी पछि पक्राउ गरिएको छ ।

उनी कथित रूपमा ब्रंक्सको स्याहार केन्द्र (डे केयर)बाट भारी किनमेल झोलाहरू लिएर बाहिर निस्किएको निगरानी क्यामरा (प्रतिबिम्बक)मा कैद गरिएको तस्बिरहरुमा देखिएका थिए किनभने बच्चाहरू फेन्टानिल एक्सपोजर(अफिम प्रभाव)बाट पीडित भएको अदालतको अभिलेखमा उल्लेख गरिएको एबिसीन्यूजले जनाएको छ ।

८ महिनादेखि २ वर्षसम्मका अन्य तीन बालबालिकालाई अस्पतालमा भर्ना गरी नार्कन(निन्द्रा जगाउने) उपचार गरिएको थियो। एक पीडितको पिसाबको विश्लेषणले फेन्टानिल भएको पुष्टि गरेको अधिकारीहरूले बताए ।

गिरफ्तार गरिएका पहिलो दुई जना संचालिका ग्रेई मेन्डेज, जो गार्सियाकी पत्नी हुन्, र कार्लिस्टो एसेभेडो ब्रिटो, जो गार्सियाका भाइ र मेन्डेजका भाडामा बसोबास गर्छन ।

गत सेप्टेम्बर १५ शुक्रबारका दिन उक्त घटना भएको हो । उक्त घटनामा निकोलस डोमिनिसीको मृत्यु र तीन अन्य साना बालबालिकाको अस्पतालमा भर्ना भएपछि औषधि उत्पादन उपकरण पनि स्याहार केन्द्र (डे केयर )भित्र फेला परेको न्यूयोर्क शहर प्रहरी विभागले जनाएको थियो ।

४१ वर्षीय कार्लिस्टो एसेभेडो ब्रिटो र ३६ वर्षीय ग्रेई मेन्डेजमाथि अहिले हत्या र आक्रमण लगायत ११ वटा अभियोग लगाइएको छ ।

निकोलसको मृत्यु पछि २७०७ मोरिस एभिन्यू (मार्ग)भित्र खोजी गर्दा प्रहरीले एक किलो प्रेस( लागू पदार्थ पुरिया बनाउने उपकरण)समेत फेला पारेको प्रहरीले बताएका थिए ।

उक्त हेरचाह गृह (डे केयर) ६ हप्ता देखि १२ वर्ष बीचका बच्चाहरुको लागि गत जनवरीमा अनुमती दिए पछि खोलिएको हो । एबिसीन्यूजका अनुसार निरीक्षकहरुबाट गत हप्ता कुनै उल्लङ्घन नभेटिए पछि संचालन गर्न अनुमति अगाडी बढाईएको थियो ।

अन्वेषकहरूका अनुसार सेप्टेम्बर १५ शुक्रबार करिब १२:१५ बजे घर गएका २ वर्षीय बालकको आमाले छोरा “सुस्त र अनुत्तरदायी ” भएको भेट्टाइन् । आमाले उनलाई तुरुन्तै अस्पताल पुर्‍याए पछि उनि बचेको अधिकारीहरूले बताए ।

प्रहरीका अनुसार हेरचाह गृह (डे केयर)मा बसेका बालबालिकाले दिउँसो १ बजेतिर केही खाए । र ,एकले निद्रा लिए। दिउँसो २ः३० बजे कामदार उठाउन जाँदा तीन जना बेहोस भएको प्रहरीले जनाएको थियो ।

तीनवटै बालबालिका बेहोस /अनुत्तरदायी भएका थिए । उनीहरूको जीवन बचाउने प्रयासमा तीनै बालबालिकालाई नार्कन अर्थात् निन्द्रा जगाउने प्रकारको ओखती दिइएको थियो । दुई बालबालिका बाँचे भने दुर्भाग्यवश एक २ वर्षको बालकको मोन्टेफिओर अस्पतालमा दिउँसो ३:२९ मा मृत्यु भएको थियो ।

प्रतिक्रिया