रोमान्स नै रोमान्सले भरिएको म्यूजिक भिडियो (सार्वजनिक)

इनेप्लिज २०७२ भदौ ६ गते १३:२५ मा प्रकाशित

unnamedकाठमाण्डौ – नयाँ पुस्तालाई सधै विशेष महत्व तथा प्रेरणा र हौसला दिदै आएको रास क्रीएसनले फेरि एक पटक नव प्रतिभाशाली गाएक गणेशकाजी बस्नेतको भनन – सुनन… बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

अत्यन्तै नयाँ शैलिबाट छायाङ्कन गरिएको उक्त म्यूजिक भिडीयोमा मोडलहरु रुबी र दिपेन्द्रको रोमान्टिक मुभ्मेन्ट देख्न पाइन्छ । नकुल कार्कीको शब्द र संगीत रहेको उक्त गीतमा दिनेश श्रेष्ठको संगीत संयोजनमा नेपाली पप संगीतमा राम्रो भविष्य रहेका नव प्रतिभा गणेशकाजी बस्नेतको एकल स्वर रहेको छ ।

unnamed (2)म्यूजिक भिडीयोको छायाङ्कन शुलभ अधिकारीले गरेका छन् भने निर्देशन रास क्रीएसनका क्रीएटिभ डाइरेक्टर रमेस थनेतको रहेको छ । रोमान्स नै रोमान्स ले भरिएको उक्त भिडीयोको सम्पूर्ण वजार व्यवस्थापन तथा अडियो-भिडीयोको जिम्मा रास क्रीएसनले लिएको छ । उक्त म्यूजिक भिडीयो अहिलेको युवा पुस्तामा निकै नै लोकप्रिय हुने, रास क्रीएसनका म्यानेजिङ डाइरेक्टर आशिष घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया