कोशी प्रदेशका थापालाई अदालतले गर्यो पदमुक्त, कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश

इनेप्लिज २०८० भदौ २२ गते १:०५ मा प्रकाशित

काठमाडौ, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले थापाले पाएको विश्वासको मत बदर गरेको हो ।

थापाले पाएको मतविरुद्ध एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।​

कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल, डा।कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गर्दै कोशीमा ठूलो दलको नेताको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।

प्रतिक्रिया